माओवादी केन्द्रले नौ वटा वडा रहेको झापाको गौरादह नगरपालिकामा बिहिबार एक कार्यक्रमका विच पुष्पलाल ढकाललाई मेयर र अर्पणा राजवंशीलाई उपमेयर पदको उम्मेदवार घोषणा गरेको छ। स्थापित समाजसेवीको छवि वनाएका ढकाल गौरादहमा लोकप्रिय युवा नेता मानिन्छन् । गौरादह वजारमा आयोजित उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्रका झापा संयोजक विजय साङपाङ् ,अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेत,गौरादह इन्चार्ज हुकुम नेपाली लगायतले शुभकामना मन्तब्य राख्नुभएको चुनाव प्रचारप्रसार समितिका प्रमुख कुमार खतिवडाले जानकारी दिए ।



