भरतपुर महानगरपालिकाको मेयर पदमा देवी ज्ञवाली र रेणु दाहालबीचको मतान्तर घट्ने क्रम जारी नै रहेको छ । अहिलको स्थीतिमा रेणु दाहालको मतान्तर केही बढ्दै गएको छ ।
देवी ज्ञवालीले ३४ हजार २ सय ५० मत ल्याएका छन् भने सत्तारुढ गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी माओवादीकी रेणु दाहालले ३२ हजार ७ सय १२ मत पाएकी छिन् ।
बुधबारबाट मतान्तर निरन्तर ओरालो लागेको हो । भरतपुरमा अहिले वडा नं. १६ को मत गणना भइरहेको छ ।
मेयर
एमाले, देवी ज्ञवाली –३४२५०
माओवादी, रेणु दाहाल –३२७१२
राप्रपा ,बद्री तिमल्सिना –५०७४
उपमेयर
काङ्ग्रेस , पार्बती शाह ३६३०८
एमाले, दिब्य शर्मा ३०९९९
राप्रपा, रिना गुरुङ ५३६२
वडा अध्यक्ष
नेका–९७४
एमाले –९५३
माओबादी केन्द्र –४३१
राप्रपा –३६



