झापाको दमक ७ साविक १२ नम्बर वडाबाट चन्द्र थापाले वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेकाछन् । उनले आफ्नो फेसबुकमा उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
उनले केहि दिनअघिमात्र राप्रपा छाडेको भनेर बिज्ञप्ति निकालेका थिए । राप्रपा नेपालमा रहदा लामो समय उनि दमक नगर अध्यक्ष रहेका थिए ।
उनले पार्टीबाट टिकट पाउनेमा आशाबादी बनेका थिए । यसवडाबाट राप्रपाले पूर्व वडाध्यक्ष समेत रहेका भीम पौड्याललाइ अघि सारिसकेको छ ।
राप्रपाबाट मेयरका उम्मेदवार राम थापाका बिश्वासपात्रको रुपमा चन्द्र थापा चिनिदै आएका थिए । यसले राप्रपालाइ ठूलो धक्का लाग्ने बताइन्छ ।



