भरतपुर महानगरपालिकामा मेयरका एमाले उम्मेदवार देवी ज्ञवालीले फेरि मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो नतिजा अनुसार वडा नम्बर २६ को मत गणना गर्दा ज्ञवालीले माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार तथा प्रधानमन्त्री पुत्री रेणु दाहाललाई २००६ मतले पछि पारेका छन् ।
पछिल्लो नतिजा अनुसार ज्ञवालीले ३५५८८ मत ल्याएका छन् भने प्रधानमन्त्री दाहालकी पुत्री रेणुले ३३५८२ मत ल्याएकी छिन् ।



