काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाका १८ वटा वडामा नेकपा(एमाले) र १४ वडामा नेपाली काँग्रेसले विजय हासिल गरेको छन् ।

एमालेका तर्फबाट वडा नं १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा दीपेन्द्र केसी, ४ मा मोहनबहादुर विष्ट, ७ मा शुद्धकुमार डङ्गोल, ९ मा भरतलाल श्रेष्ठ, १२ मा विकास डङ्गोल, १३ मा धु्रवनारायण मानन्धर, १४ मा शोभा सापकोटा, १५ मा ईश्वरराज डङ्गोल, १८ मा न्हुच्छेकाजी महर्जन, २१ मा उदयचूडामणि वज्राचार्य, २२ मा चीनकाजी महर्जन, ३३ मा मच्चाराम महर्जन, २४ बालकृष्ण श्रेष्ठ, २७ चिनियाँमान वज्र्राचार्य, ३१ मा नारायणप्रसाद भण्डारी र ३२ मा नवराज पराजुलीले वडााध्यक्षमा विजय हासिल गर्नुभएको छ ।

त्यसैगरी काँगेसका तर्फबाट वडा नं ५ मा रमेश महर्जन, ६मा दीपेन्द्र लामा, ८ मा दिनेशकुमार डङ्गोल, १० मा रामकुमार केसी, ११ मा हिरालाल तण्डुकार, १६ मा मुकुन्द रिजाल, १७ मा नवीन मानन्धर, १९ मा शशीलाल श्रेष्ठ, २० मा राजेन्द्र मानन्धर, २५ मा नीलकाजी शाक्य, २६ मा ख्यामराज तिवारी, २९ मा कुश ढकाल, २८ मा भाइराम खड्की र ३० दलबहादुर कार्की वडाध्यक्षमा विजयी हुनुभएको छ ।

वडा नं १४ मा महिला वडाध्यक्ष

एमालेको तर्फबाट महिला वडाध्यक्षमा एक मात्र महिला उम्मेदवार शोभा सापकोटाले तीन हजार ८०७ मत ल्याएर विजय हासिल गर्नुभएको हो । कामपाका अन्य वडामा सबै ठूल पार्टीले वडाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएका थिए ।

३२ वडा रहेको कामपामा दुई हप्ता लगाएर आज बिहान सबै वडाको मत परिणाम सार्वजनिक गरिएको हो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah