पहिलो चरणको स्थानीय तहको चुनावको परिणाम सार्वजनिक भइ नसक्दै सत्तारुढ नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाका कारण पार्टी पराजित भएको विश्लेषण हुन थालेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टी नेतृत्वबाट गम्भीर गल्ति भएको निष्कर्ष निकालेको छ
दोस्रो चरणको निर्वाचनमा गल्ति सुधार गर्न नसके पार्टी समाप्त हुने निष्कर्ष समेत पौडेल पक्षले निकालेको छ । वरिष्ठ नेता पौडेलको अनामनगरस्थित सम्पर्क कार्यालयमा सोमबार बसेको बैठकमा यो निष्कर्ष निकालिएको हो । छलफलले स्थानीय तहअन्तर्गतको पहिलो चरणको निर्वाचनमा सभापति देउवाको रणनीति पूर्ण असफल भएको निकर्ष समेत निकालेको छ ।
बैठकमा सहभागि अधिकांश केन्द्रीय सदस्यहरुले सभापति देउवाले पार्टीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि उपयोग गरेको अरोपसमेत लगाएका थिए । पछिल्लो समयमा कांग्रेसभित्र मनपरितन्त्र हावी भएको, जिम्मेवारी नलिने प्रवृत्ति बढेको, निष्ठा र इमान्दारिता हराउँदै गएको र नेपाली कांग्रेसको सहमतिमा कांग्रेस सहभागि सरकारले गरेका केही अक्षम्य गल्तिका कारण सहरका सचेत मतदाताले कांग्रेसलाई अस्वीकार गरेको बैठकको निष्कर्ष छ ।
त्यसैगरी तालमेलका नाममा स्थानीय तहको भावना बुझ्न नसकेका कारण सिंगो चितवन जिल्ला कांग्रेसको हातबाट गुमेको, लुम्जुङमा कांग्रेस कमजोर भएको अवस्थामा माओवादीलाई काग्रेससँग तालमेल गराउन नसकेको, माओवादीको प्रभाव क्षेत्रमा तालमेलको विषय नउठाउको, तालमेल अनुसार माओवादीको पक्षमा सभापति चितवन भोट माग्न गए पनि पोखरामा माओवादी अध्यक्षलाई भोट माग्नका लागि सभापतिले लैजान नसकेको विषय बैठकमा उठेका थिए, खबर छलफलमा उल्लेख छ ।
सभापति देउवाले टिकट वितरणमा समेत मनलाग्दी गरेको बैठकको निकर्ष थियो उक्त बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह लगायत पौडेल समूहका केन्द्रीय सस्दयहरु रहेका थिए ।



