बिश्वको हेराइमा रहेको थियो भरतपुरमा महानगरको मतगणनाको नतिजा । नेपाली काँग्रेस र माओबादी केन्द्रबाट उम्मेदवार उठाइएकी प्रचण्डपूत्रि रेणु दाहाल र एमालेका उम्मेदवार देबी ज्ञवालीबीच रोचक प्रतिस्पर्धा थियो । तर ज्ञवाली ७ सय मतअन्तरमा अघि बढेका थिए । माओबादी काँग्रेृस गढ मानिएको स्थानमा दाहालको मत कम आएपछि मतगणनास्थलमा बसेका दाहाल पक्षधर एजेन्टहरु तिलमिलाउन थालिसकेका थिए । जून अपेक्षा थियो मत आउने त्यो नआएपछि ।
एमालेका गणकहरु हौसिन थालेपछि त्यो त्यहाँ बसेका अरुलाइ अस्रहय भयो । त्यतिकैमा त्यहाँ माओबादी उम्मेद्वारका एजेन्ट वाइसिएलका जिल्ला अध्यक्ष मधु न्यौपानेले मतमत्र नियण्त्रणमा लिएर च्यात्न थाले । त्यसको प्रतिरोधमा एमालेका एजेन्ट निस्किए ।
भरतपुरमा रहेकी एमाले नेतृ निशा अधिकारीले आफ्नो फेसबुक पेजमा नियोजित रुपमा षडयन्त्र भइरहेको प्रहरी प्रमुख सहित जिम्मेवार ब्याक्तिहरुलाइ आफूहरुले सचेत गराएपनि सावधानि नअपनाएको उल्लेख गरेकीछन् । सुरक्षा बढाउन र मतपत्रको सुरक्षाका लागि सचेत गराएको भएपनि त्यस बिषयमा ध्यान नजानु रहस्यमयको भएको उनको भनाइ छ । उनले लोकतन्त्रको मानमर्दन भएको दिनको रुपमा ब्याख्या गरेकीछन् ।



