नेकपा एमालले दमकको मुख्य केन्द्र बजार मानिने दमकको वडा नं. ६ जित्ने गरि रणनीतिक रुपमा चुनावी प्रचार शुरु गरेको बताएको छ । साविक दमक ११ र हालको वडा नं. ६ मा टेकबहादुर थापा वडाध्यक्षको उम्मेदवार रहेकाछन् ।
चुनावी प्रचार अभियान शुरु गरेका थापाका अनुसार दमकको यस वडामा नेकपा एमालेले नै कब्जा जमाएर बिजयको झण्डा गाड्ने छ । आफ्नो उम्मेदवारीले सबैमा खुसि ल्याएको बताउदै निर्वाचन सहजै जित्ने बताए ।
नेकपा एमालेको पकड क्षेत्र भएको र आफूले यस क्षेत्रमा लामो समयदेखि राजनीतिक तथा सामाजिक गतिबिधि गरेको बताउदै जित्ने जनाए ।
दमकको मुख्य बजार क्षेत्र र आर्थिक कारोबारमा महत्व राख्ने यस वडामा सबैको ध्यान गएको छ । एमालेका उम्मेदवार थापाले आफू यहि भिजेको र हरेक समय वडाबासीको दुखसुखमा साथ दिएकाले जितको शुनिश्चित भएको दाबी पनि गरे ।



