नेपाल प्रहरीले चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेको बताएको छ ।

प्रहरीले सोमबार विज्ञप्ति जारी गरी माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेको बताएको हो । एमाले र माओवादी केन्द्रले एकअर्कालाई आरोप लगाइरहेका बेला प्रहरीको विज्ञप्ति आएको हो । प्रहरीले मतपत्र च्यात्ने कार्यमा संलग्न माओवादी केन्द्रका दुई मतगणना प्रतिनिधि पक्राउ गरिएको जनाएको छ ।

‘वडा नम्बर १९ को मतगणनाकार्य भइरहेको अवस्थामा मतगणनामा खटिएका नेकपा माओवादी केन्द्रका प्रतिनिधि भरतपुर महानगरपालिका–१ रामनगर बस्ने ३६ वर्षीय मधु न्यौपाने र राष्ट्रिय महाधिवेशन आयोग समितिका अध्यक्ष सोही महानगरपालिका–११ बसेनी बस्ने ४३ वर्षीय द्रोण सिवाकोटीले मतपत्र च्याते पश्चात उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले घटनापछि हातपात गर्ने एमाले कार्यकर्ता गंगालाल लामालाई समेत पक्राउ गरेर अनुसन्धान जारी राखिएको स्पष्ट गरेको छ । निर्वाचन आयोगले घटनाबारे छानबिन गरी दुई दिनभित्र प्रतिवेदन बुझाउन निर्देशनसहित निर्वाचन आयोगले समिति गठन गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah