बिपिपि/दमक
झापाको दमकमा मेयरमा भन्दा पनि उपमेयरमा रोचक प्रतिस्पर्धा देखिने भएको छ ।
दमकमा सामाजिक रुपमा चिनिएका र आफ्नो क्षेत्रमा राम्रो पहिचान बनाएका दूइजना प्रमुख राजनीतिक पार्टीका महिला नेतृहरुको ट्करावलाइ अहिले दमकबासीहरुले नजिकबाट नियालिरहेकाछन् । माओबादी केन्द्रले उठाएकी आदिबासी धिमाल उम्मेदवार शान्तिदेबी र राप्रपाबाट उठाएकी रीता श्रेष्ठलाइ पनि कम आँकलन भने गर्न सकिदैन ।
यद्यपि अहिले दमकमा सबैभन्दा बढि चर्चा भने अधिकारी र भट्टराइको नै रहेको छ । दमक बहुमुखि क्याम्पसमा लामो समयदेखि अध्यापन गराउदै आएकी, बिभिन्न एमाले निकट जनबर्गिय संगठनहरुमा काम गरेर निखारिएकी अधिकारीको उम्मेदवारीले सबैलाइ चकित बनाएको छ ।
प्राध्यापन पेशा हुँदाहुँदै त्यो छाडेर उपमेयर बन्न तथा राजनीतिमा आउनुको रहस्य जित शुनिश्चित देखेर भन्नेहरु धेरै रहेकाछन् । अर्थशास्त्र बिषयमा एम फिल गरेकी उनि दूइ दशकअघि देखि क्याम्पसमा पढाउदै आएकी थिइन् ।
नेकपा एमालेभित्र अरुको नाम आउदा बिबाद सिर्जना हुने भएपनि अधिकारीको नाम आएपछि उममेयरमा कुनै पनि प्रकारको अन्तरबिरोध नरहेका कारण जित शुनिश्चित रहेको एमालेले बताउदै आएकाछन् ।
लामो समय प्राध्यपन पेशामा संलग्न रहेकाले उनले पढाएका बिद्यार्थीहरु नै अहिले अधिकारी जिताउ अभियानमा सक्रिय रहेर लागेको पनि पाइन्छ । प्राध्यापन पेशा छाडेर संसदिय राजनीतिमा आएकी अधिकारीले सबैको चाहाना बमोजिम नै आफ्नो उम्मेदवारी रहेकाले जित शुनिश्चित भएको बताउदै आएकीछन् ।
नेपाली काँग्रेसबाट उपमेयरकी उम्मेदवार रेगिना भट्टराइ प्रशाइ पनि दमकका लागि नाम होइन । सामाजिक र राजनीतिक रुपमा उनको नाम दमकमा अग्रपङ्तिमा नै आउने गरेको छ ।
शैक्षिक, सामाजिक र राजनीतिक रुपमा सक्रिय उनि दमक जेसिसको पूर्व अध्यक्ष रहेकी छन् भने अन्य दर्जनौ संघसंस्थाहरुमा आवद्ध रहेकीछन् । नयाँ पुस्तामा एउटा प्रखर र केहि गर्न सक्ने क्षमता भएकी महिला नेतृको रुपमा उनलाइ दमकमा लिने गरिन्छ ।
नेपाल महिला संघकी क्षेत्रिय अध्यक्ष रहेकी भट्टराइ आफ्नो जित शुनिश्चित भएको बताउदै मत मागिरहेकीछन् । काँग्रेसका पार्टी नेता तथा कार्यकर्ताहरुको मात्र नभएर सबैको साथ, सहयोग र सल्लाहले नै आफू अघि बढेको बताउदै आफूहरुलाइ जनताले बिश्वास गर्नेमा आफू ढुक्क रहेको भट्टराइले बताउने गरेकीछन् ।
जेसिस र अन्य सामाजिक संघसंस्थामा सक्रिय रहेकाले आफ्नो मूल्याङ्कन दमकबासिले गर्ने उनको बिश्वास रहेको बताइन्छ ।
जे होस दुबैजना उम्मेदवारहरु दमकका लागि अपरिचित र नौलो नाम छैन । शैक्षिक र सामाजिक रुपमा दुबैजना अब्बल नै रहेकाछन् । यहि भएर नै उपमेयरमा कडा प्रतिस्पर्धा हुने निश्चित रहेको छ ।
को बन्ला त उपमेयर भन्ने सहजै अनुमान लगाउन सक्ने अवस्था रहेको छैन । दुबैजनाले अहिले जित्ने दाबी गरेपनि एकजनाले जित्नेछन् । अहिलेको उपमेयरले अर्को पटक मेयर बन्ने तागत राख्नेछ ।



