मंगलसेन । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अछाममा वडा अध्यक्ष उम्मेदवारमा तीन वटा दलले एउटै नाम भएका ब्यक्तिलाई अघि सारेका छन् ।

मेल्लोख गाउँपालिकाको वडा अध्यक्षको उम्मेदवारमा कांग्रेस, एमाले र माओवादी केन्द्रले खगेन्द्र साउद नाम गरेका व्यक्तिहरूलाई अघि सारेका हुन् ।

अचम्मको कुरा के भने तीनैजना खगेन्द्र दाजुभाइ हुन् । तीन उम्मेदवारमध्ये एमलेबाट टिकट पाउने खगेन्द्र सबैभन्दा जेठा हुन् भने माओवादी केन्द्रबाट टिकट पाउने माइलो तथा कांग्रेसबाट टिकट पाउने कान्छो ।

तीनै खगेन्द्रको उपनाम पनि एउटै छ, खगी । गाउँमा उनीहरूमध्ये एमालेबाट टिकट पाउनेको टोलको नाम जेठारुम्टी, कांग्रेसबाट टिकट पाउनेको पान्लावाणी र माओवादीबाट टिकट पाउनेको टोलको नाम ठेकघरी भनेर चिन्ने गरिन्छ ।

एमालेबाट टिकट पाउने जेठा, माओवादीबाट टिकट पाउने माइला र कांग्रेसबाट टिकट पाउने कान्छा बाजेतर्फका नाति हुन् ।

तीनैजना उम्मेदवारको नाम एउटै भएपछि वडामा जुन पार्टीले जिते पनि खगेन्द्रले नै जित्ने निश्चित भएको छ ।

हात्तीकोट कांग्रेसको बलियो पकड भएको वडा मानिन्छ । सोही वडाबाट कांग्रेसले मैललोख गाउँपालिका प्रमुखमा धनबहादुर शाहलाई उम्मेदवार चयन गरिसकेको छ ।

शाह यसअघि २०४९ को स्थानीय निर्वाचनमा वडा नम्बर ९ बाट निर्विरोध अध्यक्ष र २०५४ को निर्वाचनमा गाविस अध्यक्ष निर्वाचित भएका थिए । (अन्नपूर्ण पोष्ट दैनिक)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah