एमाले अध्यक्ष केपी ओलीले भरतपुर महानगरपालिकामा स्थगित मतगणना तत्काल सुचारु गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलाई टेलिफोन गरी ओलीले स्थगित मतगणना तत्काल सुचारु गर्न गम्भीर ध्यानाकर्षण गराएका गराएको खबर आजको नयाँ पत्रिकाले खबर रछापेको छ ।
‘भरतपुरमा निर्वाचन हार्ने भइयो भन्ने टुंगोमा पुगेर जानीजानी आपराधिक घटना घटाएर मतपत्र च्यात्दै पुनः मतदान गर्ने जबर्जस्ती अवस्था उत्पन्न गराएर जनताले दिएको परिणाम उल्ट्याउन सकिन्छ कि भन्ने प्रयास भएकाले त्यो साह्रै दुःखद र गम्भीर घटना छ,’ ओलीको प्रमुख आयुक्तसँगको संवाद उद्धृत गर्दै एमाले नेता सुवास नेम्वाङले भने, ‘हामीले त्यसै छाड्ने हो भने देशमा गलत संस्कार बस्ने र त्यसले दोस्रो चरणको निर्वाचनलाई मात्रै नभएर निर्वाचन प्रणालीलाई नै अप्ठ्यारोमा पार्ने बताएका छौँ ।’
जवाफमा प्रमुख आयुक्त यादवले आवश्यकता पर्दा आफैँ चितवन गएर अध्ययन र छानबिन गर्ने प्रतिबद्धता जनाउँदै सकारात्मक जवाफ दिएको नेम्वाङले जानकारी दिए ।



