मेयर उम्मेदवार रेणु दाहालले पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएकी छिन् । यसैगरी उपमेयर उम्मेदवार पार्वती शाह तथा वडा नम्बर १९ मा नेपाी कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार कर्णबहादुर गुरुङको समेत संयुक्त हस्ताक्षरमा निवेदन प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक मतदान अधिकृत गम्भिर घिमिरेले बताए ।

भरतपुरमहानगरपालिकामा नेकपा एमाले र मेयरका उम्मेदवार देबीप्रसाद ज्ञवालीले मतगणनालाइ निरन्तरता दिन माग गरिरहेका बेला माओबादी र काँग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाल सहित कम मत ल्याएका उम्मेदवारहरुले पुन मतदानको माग गर्दै आएको निवेदन बुझाएकाछन् ।

प्रहरीले माओबादी केन्द्रका नेता तथा गणनास्थलमा रहेका एजेन्टहरुले मतपत्र च्यातेको बताएपनि निवेदनमा अपरिचित ब्याक्तिहरुले मतपत्र च्यातेकाले पुन निर्वाचन गर्नु भन्दै निर्वाचन आयोगमा निवेदन हालेको बताइएको छ । भरतपुर महानगरपालिकामा वडा नम्बर १९ मा पुनः मतदान गर्न  लिखित निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ ।

निवेदनमा ‘प्रतिष्पर्धी दल र उम्मेदवारहरुबाट मतगणनालाई प्रभावित पार्ने गरी पराजित हुने डरले मतपत्र कब्जामा लिई मतपत्र च्याते र गैंरकानुनी काम गरेको उल्लेख छ । निवेदनमा प्रतिष्पर्धी पार्टीहरुका अपरिचित व्यक्तिहरुबाट मतपत्र च्याती गणना कार्य विथोलेकाले स्थानिय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० अनुसार पुन मतदानको व्यवस्था गरी निर्वाचन कार्य सम्पन्न गरी पाउँ भनि माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah