काठमाडौं, १९ असोज । मान्छे शक्तिले मैमत्त भएपछि शर्म पचाएर जे पनि गर्छ भन्ने कुरा फेरि पनि चरितार्थ भएको छ, असोज १० गते, राति, ठमेलको डिस्कोमा ।

जनआस्था साप्ताहिकमा खबर छ– अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीको रवाफ लगाउँदै डिस्कोभित्र बाउन्सर र युवतीमाथि दुव्र्यवहार गर्दा लोकमानका बडिगार्ड डिएसपी दानबहादुर थापा मध्यरात भागाभागमा मात्र परेनन्, ठूलो दुर्घतनाबाट पनि बाँचे ।

घटनामा अख्तियार स्वामित्वको बा१च् ९५५९ नम्बरको स्यान्ट्रो गाडी ध्वस्त छ । ठमेलस्थित होटल मस्र्याङ्दी अगाडिको (पहिलाको निश्चल हल) सिएनआई क्लब (ष्स्किो) मा झगडा भएको खबर पाएर सोह्रखुट्टे प्रहरी वृत्तको टोली नयाँ बजारबाट त्यसतर्फ हुँइकियो । तर, प्रहरी पुग्दा आफू लज्जित हुनुपर्ने कारण दानबहादुर साथमा रहेकी युवतीसँगै त्यहाँबाट भागे ।

उनीसँग नेपाल प्रहरीकै अर्का एकजना डिएसपी पनि साथमा थिए । त्यस सातको कुटाकुटबाट घाइते भएका दुई युवती नजिकैको मनमोहन अस्पतालमा भर्ना भई भोलिपल्टै डिस्चार्ज भए ।

भाग्दै दरबारमार्गतिर हुँइकिएका दानबहादुरको गाडी अनियन्त्रित भई दुर्घतनामा प¥यो । गाडी कच्याककुचुक छ । तर, मान्छेलाई केही भएको छैन ।

घटना भएको ९ दिन बितिसकेको छ । तर अख्तियारको आम्दानीमा बाँधिकएको बा१२ च ९५५९ नम्बरको गाडी कहाँ छ? कसैलाई पत्तो छैन । भोलिपल्ट अख्तियारमा उक्त गाडीको खोजी भयो । दानबहादुरले एकजना इन्जिनियरलाई सुनाए, ‘राति हल्का टोकिएर बनाउन दिएको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah