नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले भरतपुर महानगरको वडा नं. १९ मा पुन निर्वाचनको गर्न गरेको निर्णयप्रति कडा टिप्पणि गरेकाछन् । यो लोकतन्त्रमाथिको आक्रमण भएको बताउदै एमाले चुप लागेर बस्छ भन्ने नसोच्न पनि भनेकाछन् ।
‘निर्वाचन आयोगले यस्तो तमासा देखाउँछ भन्ने लागेको थिएन्, पुनः मतदान जस्तो तमासा नगरेर रेणु दाहालले जित्नु भने भनेर घोषणा गरिएको भए सजिलो हुन्थ्यो’, ओलीले भने – ‘अब दोस्रो चरणको चुनाव किन गराउनु पर्यो रु? सरकारले जसजसलाई जिताउन भन्छ, आयोगले उनीहरुलाई विजयी घोषणा गरोस् ।’
नेकपा एमालेले अदालतको ढोका ढक्काउने भएको छ । यसैगरी, भरतपुर १९ वडाको चुनाव पनि बहिष्कार गर्ने बताइएको छ ।



