हास्य कलाकार सीताराम कट्टेल (धुमुर्स) र कुञ्जना घिमिरे (सुन्तली)ले नमुना नेपाल बस्ती बनाउने घोषणा गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नमुना नेपाल बस्ती बनाउने योजना प्रस्तुत गरेका हुन् ।

भूकम्पपीडित र मुसहर बस्तीमा नमुना बस्ती निर्माण गरिसकेका उनीहरुले चौथो योजनाका रुपमा नमुना नेपालको खाका बाहिर ल्याएका हुन् । शुरुमा उनीहरुले गोरखामा बस्ती निमार्ण गरेका उनीहरुले दोस्रोमा गिरानचौर र तेस्रो मुशहर बस्ती निर्माण गरेका थिए ।

नमुना नेपाल बस्ती करिब ५ अर्बको लगानीमा बन्ने फाउण्डेशनका अध्यक्ष समेत रहेका सीताराम कट्टेलले बताए । कार्यक्रममा नमुना बस्तीका लागि अल्का अस्पतालले २५ लाख, मुक्तिनाथ बिकास बैंकले १० लाख सहयोग दिने घोषणा गरेका थिए ।

फाउण्डेशनको नाममा अहिले २ करोड १३ लाख मौज्दात रहेको अध्यक्ष कट्टेलले बताए । बस्ती निर्माणका लागि करिब ५ सय रोपनी रहेको र त्यसको लागि नेपाल सरकारबाट जग्गा उपलब्ध गराउन अनुरोध गरेको अध्यक्ष कट्टेलले बताए ।

नमुना बस्तीभित्र जातिय सद्भाव, राष्ट्रिय एकताको परियोजनामा आधारित रहेर हिमाल, पहाड र तराई जनजीवन झल्किने बस्ती निर्माण गर्ने उनले बताए ।

बस्तीमा नमूना घरहराको स्वरुपमा भ्यू टावर, हिमालबस्तीबाट मोनो रेलको सेवा लगायत विभिन्न योजना प्रस्तुत गरेका थिए । ‘बस्तीले सिंगो देशको स्वरुप एउटै थलोमा देख्न पाउने हुँदा घुम्न आउने पर्यटकलाई आकर्षित गर्ने तथा विश्वमा नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ’ उनले भने ।

कार्यक्रममा पूर्व सेनापति रुक्मागंत कटुवाल,भूमिसुधार मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ लगायत कलाकारहरुले धुर्मुस, सुन्तलीको कामबाट आफूहरु प्रभावित भएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah