नेकपा एमालेका दमकका मेयरका उम्मेद्वार रोमनाथ ओलीले आफूले दमकबासीको शिर नहुरिने काम कहिल्यै नगर्ने र आत्मसम्मानका साथ गौरव गर्ने अवस्था सिर्जना गराउने काम गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताएकाछन् ।
दमकमा सोमबार उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले सबै राजनीतिक दलहरुसंग सहकार्य गरेर दमकको बिकासका लागि आफू अघि बढ्ने प्रतिबद्धता जनाउदै दमकबासीले आफूलाइ मत दिएपछि कहिल्यै पनि पछूतो नगर्ने उनले दाबी गरे ।
उनले नगरबासीको आत्मसम्मान बढाएर दमकको सम्बृद्धि नै आफ्नो मूल एजेण्डा भएको बताउदै एमालेको जित निश्चित भएको दाबी गरे ।
https://www.youtube.com/watch?v=JiQEUhasCxM
उपमेयरकी उम्मेदवार गिता अधिकारीले आफू उपमेयरमा निर्वाचित भएपछि दमकबासीको आर्थिक, सामाजिक, न्यायिक क्षेत्रमा पहुँच पुग्ने जनाउदै हरेक गृहणि रोजगार हुने बताइन् ।
घरेलु उत्पादनका लागि सीप प्रदान गरेर उत्पादन भएका सामाग्रिको बजारीकरण नगरपालिकाले गर्ने उनले प्रतिबद्धता जनाइन् । प्राध्यापन पेशा छाडेर अब नगरबासीको सेवा र दमकको पहिचानलाइ फराकिलो बनाउन आफू उपमेयरको उम्मेदवार भएको बताइन् ।

https://youtu.be/JiQEUhasCxM