युवाहरु बेरोजगारीले भारत तथा तेस्रो मुलुक जाने क्रम निरन्तर चलिरहेको बेला कञ्चनपुरको बेलौरी नगरपालिका ०६ बस्ने नरसिँह बिष्टले पशुपालनमा जोड दिएका छन। पछिल्लो एक बर्षयता व्यसायीयक पशुपालन गरिरहेको फर्मका सञ्चालक बिष्टले बताए। विष्टले ११ लाखको लगानीमा नमुना बिष्ट कृर्षी तथा पशुपालन फर्मको स्थापना गर्दै ४० बटा विभिन्न जातका बाख्रा, ३ बटा भैँसी र ५० वटा लोकल कुखरा पालन सूरु गरेका छन ।
पहिला पशुपालन घरायसी तबरले गर्दा खासै फाइदा हुँदैन थियो उनले भने अहिले व्यवसायीक रुपमा उन्नत जातका थोरै बाख्रा तथा भैँसी पाल्दा राम्रो आम्दानी हुन थालेको छ । आफ्नै घरनजिक फर्म स्थापना गरेका विष्टले करीब २ विघा क्षेत्रफल रहेको जमिनमा पशुपालनका लागी आवश्यक पर्ने घाँस लगाएका छन । व्यवसायीक पशुपालनमा उनको फर्ममा दुइ कामदारका संगै परिवारका सदस्यहरुले सघाएकोले पशुपालनमा थप सहजता भएको छ । व्यवसायीक रुपमा पशुपालन गर्दा उनले आफुले लगानी थपेको बताएका छन ।
यसअघि लेन्टर सामग्री तथा ढुवानी सेवा सञ्चालन गर्दै आइरहेका बिष्टले खासै फाइदा नभएको र बढि मेहनत गर्नुपरेको बताए । अहिले उनलाई दैनिक ५ घण्टाजति मात्र हेरचाह गर्नु परेको बताएका छन । पशुपालनबाट हुने आम्दानीलाई पशुपालनमै लगानी गरिरहेको उनले बताएका छन । उनले सरकारी तवरबाट सहयोगको अपेक्षा गरेका छन । बेलौरी ०६ बस्ने बिष्ट जस्तै अन्य युवाहरुले समेत स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचेर नयाँनयाँ व्यावसायिक कार्य गरेमा केही हदसम्म भएपनि बेरोजगारी समस्या कम हुने देखिन्छ



