नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी ओली समूहका महासचिव विष्णु पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना हुनै नसक्ने दावी गरेका छन्। ओली समूह निकट प्रेस संगठन नेपालको राजधानीको राष्ट्रिय सभागृहमा जारी भेलालाई सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर संसद विघटन गरेको बताए।संविधानमा संसद विघटन छैन भन्ने तर्क संविधानमा मेल नखाने उनको भनाइ छ। उनले प्रतिनिधि सभा पुनर्स्थापनाको कुनै सम्भावना नभएको समेत बताएका छन्।‘संविधानमा संसद विघटन छैन भन्नु संविधानसँग मेल नखाने विषय हो,’ उनले भने।दुई तिहाइको प्रधानमन्त्रीले संसद विघटन गर्नु संविधानसम्मत भएको उनको भनाइ छ। उनले तोकिएकै समयमा निर्वाचन हुने समेत दावी गरे।‘निर्वाचन हुनका लागि के चाहिन्छ? निर्वाचन आयोगले तोकिएको समयमै निर्वाचन गर्न सक्छु भनिरहेको छ,’ उनले भने।दलहरु निर्वाचनका लागि तयार भएको बताए। निर्वाचन कसैले रोक्न नसक्ने उनको भनाइ छ। जनताको बीचमा भय सिर्जना गर्नेले मात्रै निर्वाचन नहुने तर्क गरिरहेको टिप्पणी गरे।

पौडेलले अर्का समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालाई निर्वाचन विरोधी अभिव्यक्ति नदिन चेतावनी दिए।‘खबरदार! निर्वाचन हुन सक्दैन भनेर निर्वाचनको माहोल बिगार्न पाइदैन। हामी वैशाखमै निर्वाचन गर्छौँ,’ उनले चेतावनी दिँदै भने।वैशाखमा हुने निर्वाचनमा आफ्नो समूहले बहुमत प्राप्त गर्ने पौडेलको दावी छ।‘नेपाली जनतासँग विवेक छ। जनतालाई सरकारका कामका बारेमा जानकारी छ। यो सरकारले काम गर्दा गर्दै जुन ढंगले बाधा सिर्जना गरियो, केपी ओलीको समूहलाई साथ दिनुपर्छ भन्ने जनताको ठहर छ,’ उनले भने।कोभिडका विरुद्धको काम पनि प्रभावकारी रुपमा अघि बढेको उनको भनाइ छ। उनले समयमै सबैलाई खोप उपलब्ध हुने बताए।‘सबैलाई गुणस्तरीय खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah