बिष्णुप्रसाद पोखरेल
बुधबार साँझ झापाको दमक २ मा एक ९ बर्षिया बालिकाको बभित्स, आततायि र बर्बर रुपमा हत्या भयो । अनुहार, कन्चट र छातिमा बन्चरोले बिभत्स रुपमा हानिएको छ । यो अस्वभाविक र अकल्पनियमात्र छइन् असोचनी पनि छ । तर दूर्भाग्य यस्तै भइदियो । एउटी बालिकाको यसरी हत्या भयो तर कसरी ? सबैको एउटै प्रश्न उब्जिएको छ ।
स्थानीय हिमालय माबिमा २ कक्षामा अध्ययनरत गंगा दाहालको मृत्युका कुनै कारण भेटिदैन । बुबा केहि समयअघिदेखि नै घर बाहिर, आमा पनि एकछिन बाहिर निस्केको अवस्था घरमा १७ बर्षिकी मन्जुमात्र रहेकी थिइन् । घर नजिकै थ्रेसर लगाउनेहरुको चहलपहल रहेको थियो । दिदीले नै बहिनीको हत्या गरिन होला त ? उनको संलग्नता कसरी भयो होला ? यो प्रश्न स्वभाविक रुपमा उब्जियो ।
घटनाको बिषयमा इलाका प्रहरी कार्यालय दमकमा धेरै बुझ्ने कोसिस हुँदा आँशिक रुपमा घटना बिवरण प्राप्त भयो । हत्यामा गाँउ कै एक अधबैशे ४५ बर्षिय पुरुषको संलग्नता छ । यसले थप प्रश्न उब्ज्यायो कसरी ? के दिदीसंगको सम्बन्ध हो ? त्यो पुरुषको, प्रहरीको पनि अनुमान त्यहि रहेको रहेछ । त्यहि कोणबाट अनुसन्धान गरिरहेको रहेछ ।
भर्खर एसएलसि दिएकी दिदीलाइ गाँउको अंकलसंग बहिनीले आपत्तीजनक अवस्थामा देखेर हत्या भएको हो त ? इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुको भनाइमा त्यो पनि हुनसक्छ तर अहिले नै भन्ने अवस्था छैन । अनुसन्धान भइरहेको छ । पक्राउ परेकी दिदीले उक्त अंकलसंग सम्बन्धको बिषयमा आँशिक स्वीकार गरिसकेको बताइन्छ ।
यसले फेरी प्रश्न उब्जायो । बाबु समान भन्दा पनि हुजुरबुबा समानको ब्याक्तिले यस्तो सम्बन्ध राख्नु समाज कता गइरहेको छ ? यस्तो सम्बन्धले दिदी नै बहिनीको हत्याको प्रत्यक्षदर्शी बनेर रमिता हेर्नु कसरी कल्पना गर्न सकिन्छ ? एक बालिकालाइ मुढो चिरेजस्तो बन्चरोले हान्नु कस्तो बर्बता हो ?



