भक्तपुर, २४ असोज । भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आएकी रीता पोखाले पालभित्रै जमरा उमारेकी छिनरेकी छिन् ।

गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आउनुभएको पोखाले साँघुरो छाप्रो मै जमरा उमारेकी हुन् ।

सानो छाप्रोमा एकै ठाउँमा भान्छा, ओछ्यान र जमरा रहे पनि दसैँ मनाउने योजना भने नभएको बताए । पोखा भन्छिन् ˗ “दसैँ आएपनि कुनै तयारी छैन, यो छाप्रोभित्र कसरी मनाउनु दसैँ, पाहुना बोलाउनु पर्छ, ठाउँ छैन, पैसा छैन, दसैँ आएजस्तै छैन ।”

यही शिविरको पालमा बस्दै आएका कमल विनायकका राजु सुवालको पनि उस्तै छ समस्या । तीनजना परिवार रहेको उनले भने भत्किएको घरको छिँडीमा जमरा उमारे पनि दसैँको तयारी भने नगरेको बताउनुहुन्छ । उनी भन्छन् ˗ “शिविरको दसैँ के रमाइलो हुनु, विगतको जस्तो दसैँ हूँदैन यसपालि, दसैँको लागि कुनै सामान किनेको छैन, टीका जमरा लगाउनेबाहेक अरु केही हुँदैन यस वर्ष ।”

सरकारले घोषणा गरेको रकम दिए छाप्रो हालेर अरुको जग्गा भाडामा लिएरै भए पनि तरकारी खेती गरेर बाँच्न सकिने बताउने उनीहरु सरकारको आशै आशामा डेढ वर्ष बितेको बताउँछन् ।

शिविरमा बस्दै आउनुभएकी काठमाडौंकी चन्द्रलक्ष्मी मानन्धरको समस्या पनि उस्तै नै छ । एउटा पालभित्र सातजनाको परिवार बस्दै आएका मानन्धर परिवारले पनि दसैँको कुनै जोहो गरेका छैनन् । दुईजना देवरानी जेठानीले टोपी, मोजा, पन्जा बुनेर आम्दानी गरेको दिनको रु १०० ले परिवार धान्नै मुस्किल छ ।

मानन्धर भन्नुहुन्छ˗ “कमाइ छैन, बुनाइको पैसाले सातजनाको परिवार पाल्न पुग्दैन, ऋण गरेर टार्दै आएका छौँ, दसैँको कुनै तयारी छैन, दसैँमा पाहुना बोलाएर भोज खुवाउनु पर्छ, यस वर्ष त पाहुना पनि नबोलाउने भएका छौँ ।”

शिविर छाडेर भत्किएकै घरको छिँडीमा गएर बस्नुभएकी क्वाठडौंकी रेनुका सुवालको पीडा पनि कम छैन । शिविरमा बस्दै आएकी उहाँले दसैँ आएपछि जमरा राख्नकै लागि एकसाता अघि भत्किएको घरको छिँडीमा गएर बसेको उनले बताइन् ।

उनी भन्छिन्˗ “भूकम्पले भत्काएको घरमा गएर बसेका छौं, दसैँको कुनै तयारी छैन, घरमा गएदेखि घर भत्किन्छ कि भन्ने डरले कोही पनि निदाउन सक्दैनौँ, जिन्दगी साह्रै कठिन भयो ।”

नेपालीको महान् चाडको रुपमा मनाइने दसैँ नजिकिँदै गरेपनि गत वर्ष वैशाख १२ गतेको भूकम्पका कारण घर भत्किएर शिविरको बास भएका भूकम्पपीडितलाई दसैँको रौनकले छोएकै छैन ।

भक्तपुरको व्यासीस्थित शिविरमा बस्दै आएकी ७४ वर्षकी कृष्णकुमारी सुवाललाई पालभित्र चिसो आउन थाले पछि बिरामी परेको बताइन् । भन्छिन्˗ “भुइँमा पानी आउँछ, माथिबाट बिहानी पख पालबाट शीत चुहिन्छ, शिविरमा बाँच्नै गाह्रो भो, जाने ठाउँ छैन, यस्तो बेलामा के मनाउनु दसैँ ।”

यही शिविरमा बस्दै आउनुभएका रामकृष्ण र रमिता सुवाल दम्पतीको समस्या पनि उस्तै नै छ । शिविरमा बसेदेखि नै मानसिक तनाबका कारण विरामी परेको रमिता बताइन् ।

दसैँको कुनै तयारी नभएको बताउँदै सुवाल दम्पतीले ग्यास नहुँदा कहाँ पकाएर खाने भन्ने चिन्ता भएको बेलामा यो साँघुरो पालभित्र पाहुना बोलाएर दसैँ मनाउन सक्ने अवस्था नभएको बताइन् ।

भक्तपुरका अधिकांश शिविरका भूकम्पपीडित बस्दै आएका शिविरमा यस वर्ष दसैँको कुनै रौनक छैन भने यस वर्षको दसैँ निकै खल्लो हुने शिविरका बासिन्दा बताउँछन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah