यस वर्षको सुन्तला सिजन(याम) सकिन लागेको छ।कोशी करिडोरको पहाडी जिल्लाबाट धरान आयात हुने सुन्तला यस वर्ष बिक्री घटेको छ।यव वर्षको असिनापानीका कारण भोजपुर र धनकुटामा सुन्तला उत्पादन कम भएको कृषकले जनाएका छन्।पूर्वको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार माघ पहिलो सातासम्म धरानमा दुई हजार ७०० मेट्रिक टन सुन्तला कारोवार भएको छ ।सुन्तलाको याम अब एक महिना मात्र हो।गत वर्षको तुलनामा यो वर्ष झण्डै आधा बिक्री हुने उहाँको भनाइ छ। “फागुन अन्तिमसम्म सुन्तला आउँछ।अब लगभग एक हजार मेट्रिक टन सुन्तला बजारमा बिक्रीका लागि आउँछ”, व्यवस्थापक भट्टराईले भन्नुभयो,“यस वर्ष सुन्तला उत्पादन घटेसँगै बिक्री कम भएको हो।” गत वर्ष कृषि बजारमा पाँच हजार १०० मेट्रिक टन सुन्तलाको कारोवार भएको थियो।

हरायो खोकुको ब्राण्ड

विगतमा पूर्वका शहरबजारमा धनकुटाको खोकू छिन्ताङका रसिला सुन्तला खुब प्रचार गरेर साना व्यापारीले बेच्ने गरेका थिए । “सस्तोमा खोेकुको गुलिया सुन्तला छानीछानी लानुहोस्”, यो प्रचार अझै शहरमा चलेको छ । हुन पनि धरान, इटहरी, विराटनगर, धनकुटालगायत शहरका फुटपाथ सुन्तलाले पहेँलपुर हुने गरेका छन् । फुटपाथ कब्जा जमाएर पोके व्यापारीले यो मौसममा सुन्तला मात्रै बेच्छन् । सुन्तला जहाँका भए पनि हरेक चोकमा धनकुटाका सुन्तला भनेर व्यापारीले पनि खुबै प्रचार गर्ने गरेको तर प्रचार खोकुका भए पनि हाल भने भोजपुरको षडानन्द नगरपालिकामा फल्ने सुन्तलाले बजार जमाएको कृषि उपज बजारका व्यवस्थापक भट्टराई बताउनुहुन्छ।धनकुटा, त्यसमा पनि खोकुका सुन्तलाभन्दा सबैले रुचाउने भएकाले धरानका सुन्तला व्यापारी जहाँका भए पनि धनकुटाकै भन्ने गर्छन्।“धनकुटाका सुन्तलाभन्दा ग्राहकले किनिहाल्छन्”, धरान–३ मा सुन्तला बेच्दै गर्दा भेटिएका एक व्यापारीले भन्नुभयो । धरानमा धनकुटाका सुन्तलाको निकै चल्ती छ।पूर्वमा भोजपुर, सङ्खुवासभा, इलाम, खोटाङलगायत जिल्लामा पनि सुन्तला फल्ने भए पनि बजारमा भने धनकुटाले नाम कमाएको छ ।

भट्टराईका अनुसार पछिल्लो समय भोजपुरको दिङ्ला कुदाकाउलीलगायत क्षेत्रमा उत्पादन हुने सुन्तला रसिला, ठूला भएका कारण बिक्री अधिक हुने गरेको छ । खोकुको सुन्तला आकारमा पनि साना र कम गुलोयो हुने गरेको उपभोक्ता बताउँछन्।जिल्ला कृषि कार्यालय धनकुटाको तथ्याङ्कमा खोकू छिन्ताङ आँखीसल्ला, मौनाबुधुक, धनकुटा, तेलिया, खुवाखोक, चङमाङलगायत क्षेत्र सुन्तलाको पटेक क्षेत्र मानिन्छ । यी गाउँबाट सदरमुकाम धनकुटा हुँदै धरान, इटहरी, विराटनगरका चोक, गल्लीमा सुन्तला पुगेको तर रुखमा रोग लागेर सुन्तलाको आकार पनि सानो हुने र स्वाद पनि गुलियो नहुने गरेको बताइएको छ । पतेरो, कत्लेलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने, तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटमा कृषकले ध्यान नदिँदा सुन्तलाको बगैँचा मासिने क्रम बढेको जिल्ला कृषि कार्यालयले जनाएको छ।

सेभेङ र झ्याउपोखरीका रसिला

भोजपुरका सबै गाउँमा गाडी पुग्न थालेपछि भोजपुरको सुन्तलाले बजार पाएको जिल्ला कृषि विकास कार्यालय भोजपुरले जनाएको छ।षडानन्द नगरपालिकाको वडा नं ८ सेभेङ र ११ नं वडाको झ्याउपोखरीमा उत्पादन हुने सुन्तलाले बजार राम्रो जमाएको नगरपालिकाका उपप्रमुख मेरिका राईले जानकारी दिनुभयो।“विगतमा यातायातको सुविधा नहुँदा यहाँका सुन्तला यही गाउँमा खपत हुने र यसको स्वाद शहरसम्म पुग्न नसकेको तर हाल यातायातको सुविधा भएपछि यहाँका सुन्तला व्यापारीले बोटमै खरिद गरेर तराई लैजान थालेका छन्।सुन्तलाको स्वाद देशभर प्रचार भएको छ”,उपप्रमुख राईले भन्नुभयो । नगरपालिकाले दुई वडालाई सुन्तला पकेट क्षेत्र घोषणा गरेर कृषकलाई बीउबिजन सुन्तलाको बिरुवा उपलब्ध गराउँदै आएको उपमेयर राईले जानकारी दिनुभयो । यो वर्ष कृषकलाई अनुदान दिन नीति तथा कार्यक्रममा बजेट व्यवस्था गरिएको उहाँको भनाइ छ।जिल्लामा गत वर्ष सात हजार ९२० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

सुन्तलाबाट गत वर्ष रु २३ करोड ७६ लाख आम्दानी भएको जिल्ला कृषि विकास कार्यालय भोजपुरको तथ्याङ्कले देखाएको छ । जिल्लामा २८७ ठूला बगैँचा र अन्य ठाउँमा सामान्यरूपमा सुन्तला खेती हुने गरेको कार्यालयले जनाएको छ । यहाँ उत्पादित सुन्तला धरानको कृषि बजार, इटहरी, विराटनगर, काठमाडौँलगायत स्थानमा खपत हुने गरेको छ ।जिल्लाको सेभेङ, झ्याउपोखरी, अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, देउराली, हेलौछा, साङपाङ, रानीवास, आम्तेक, प्याउली शिद्धेश्वर, गुप्तेश्वर, मूलपानीलगायत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ । उत्तर मोहडा, गेगर परेको पारिलो र मलिलो माटोमा सुन्तला खेती बढी फस्टाउने कृषि प्राविधिक बताउँछन्।समुद्री सतहदेखि करिब एक हजारदेखि एक हजार ६०० मिटरसम्मको उचाइमा सुन्तला उत्पादन हुने उनीहरुको भनाइ छ ।

उत्पादनका आधारमा धनकुटा सुन्तला खेतीमा अग्रस्थान मानिए पनि पछिल्लो समय भोजपुरले उछिनेको छ । नेपालको सबैभन्दा बढी सुन्तला उत्पादन हुने गोरखा जिल्ला मानिन्छ।सेभेङ र झ्याउपोखरीमा उत्पादन हुने सुन्तला उच्चकोटीको मापन जिल्ला कृषि बागवानी शाखाले गरेको उपप्रमुख राईले बताउनुभयो । सुन्तला गुलियो र अमिलोपन मापन ब्रिक्स प्रणालीमा नापिन्छ । विश्वमै १३ देखि १४ ब्रिक्समा सुन्तलाको मापन भएको पाइन्छ।भोजपुरका सुन्तलामा पनि ११ देखि १३ ब्रिक्ससम्मको पाइने प्राविधिकले बताएका छन्।भोजपुरको षडानन्द नगरपालिकाका सुन्तालाले नाम फैलन थालेपछि मकै, धान उत्पादन हुने खेतबारी मासेर सुन्तला खेती गर्न कृषक आकर्षित हुन थालेको उपप्रमुख राईले बताउनुभयो । नेपालमा सबैभन्दा बढी, ३६ प्रतिशत, सुन्तला गण्डकी प्रदेशमा क्षेत्रमा फल्दछ।त्यसपछि क्रमशः प्रदेश नं १ मा २७ प्रतिशत र वाग्मती प्रदेशमा १९ प्रतिशत फल्ने कृषि मन्त्रालयले जनाएको छ ।सुन्तला सङ्कलन र बिक्री हुने प्रमुख केन्द्र काठमाडौँको कालिमाटी र बल्खु, नारायणघाट, बुटवल, धरान र विर्तामोडमा कृषि उपज बजार केन्द्र रहेका छन्।

भारत र बङ्गलादेश निर्यात: यस वर्ष भारत तथा बङ्गलादेश निर्यातमा पनि कमी आएको कृषि उपज बजार धरानका अध्यक्ष कटुवालले बताउनुभयो । यो वर्ष १० प्रतिशत मात्र विदेश निर्यात भएको कृषि उपज बजारले जनाएको छ । पूर्वमा उत्पादन भएका सुन्तला भारत, भुटान र बङ्गलादेश निकासी हुने गरेको थियो ।

नेपालमा सुन्तला: सुन्तला जात फलफूल खेती प्रविधिबारे जानकार वरिष्ठ सुन्तलाविज्ञ भरतबहादुर श्रेष्ठका अनुसार नेपालमा धनुकटाको खोकु,धादिङको स्वादुल, तनहुँको बन्दीपुर, गुल्मीको भाडगाउँ र दैलेखको दुल्लुलाई सुन्तलाको पकेट क्षेत्र मानिएको छ।पछिल्लो समय भोजपुरको षडानन्द नगरपालिका पकेट क्षेत्र मानिएको तर केही पटक क्षेत्रमा भने उत्पादनमा ह्रास आएको छ।सुन्तला जात फलफूल खेती प्रविधि नामक पुस्तकमा उल्लेख गरिएअनुसार नेपालमा १० प्रजातिको सुन्ताल उत्पादन हुँदै आएको छ।गुलियोको मात्र भएको सुन्तला स्थानीय जात १२ दशमलव दुई प्रतिशत, चनाकावारी १० दशमलव पाँच प्रतिशत पाइने श्रेष्ठले उल्लेख गर्नुभएको छ।भोजपुर र धनकुटामा फल्ने सुन्तला स्थानीय जात र चनाकाबारी भएको बताइएको छ।

विशेषगरी सुन्तला ७०० मिटरदेखि एक हजार ५०० मिटर उचाइ भएको स्थानमा हुने गरेको भए पनि तनहुँमा एक हजार मिटर तलको उचाइको क्षेत्रमा सुन्तला उत्पादन हुँदै आएको छ । सङ्खुवासभाको माइतेवा क्षेत्रमा एक हजार ७०० मिटर उचाइमा पनि सुन्तला फलेको पाइएको श्रेष्ठले बताउनुभयो । जातीय गुणअनुसार सुन्तलाको बोक्राको रङ परिवर्तन हुँदै जाने गर्छ । सामान्यतया फलभित्र नौदेखि १२ वटा केस्रो हुने गर्छन् ।विसं २०७४ को कृषि विकास मन्त्रालयको तथ्याङ्कअनुसार नेपालको कूल जमिनमध्ये ४३ हजार ३२८ हेक्टर जमिनमा सुन्तला खेती हुँदै आएको छ।नेपालमा दुई लाख २९ हजार ७७३ मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah