काठमाडौँ । उद्योगी व्यवसायीहरुले मनपरी दैनिक उपभोग्य वस्तुमा मुल्य बृद्धि गरेका छन् ।सरकारी निकायको बजार अनुगमन नहुँदा व्यापारीले मनपरी दैनिक उपभोग्य वस्तुमा मूल्य बृद्धि गरेका हुन् ।बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मुल्य बृद्धि हुँदा सर्वसाधारण मर्कामा परेका छन्।कोभिड १९ संक्रमणको प्रभावले बेरोजारी भइ आर्थिक अवस्था कमजोर भएका वेला दैनिक उपभोग्य वस्तुको मुल्य बृद्धि हुँदा सर्वसाधारणको जनजीवनमा समेत प्रत्यक्ष असर परेको छ।सरकारी निकायले प्रभागकारी रुपमा बजार अनुगमन नगर्दा उद्योगी व्यवसायीले त्यसको फाइदा लिदै मनपरी दैनिक खाद्य वस्तुको मुल्य बढाउदै आएका हुन्।अहिले बजारमा दैनिक खाद्य वस्तु चामल, दाल, चिनी, तेल र हरियो तरकारीहरुमा समेत मुल्य बृद्धि भएको छ।
बजार अनुगमन देखाउनका लागि मात्र भइरहको छ । बजार अनुगमनका नाममा कर्मचारीले भत्ता खाने काम मात्र गरेका छन् । उपभोक्ताले अनुभुति हुने गरी बजार अनुगमन भएको छैन
पछिल्लो समय संसद विघटनसँगै सरकारले चुनाव घोषण र देशमा राजनीति द्धन्द बढेपछि उद्योगी व्यापारीले त्यसको फाइदा लिएको उपभोक्ता अधिकार मञ्चमा अध्यक्ष माधव तिमल्सनाले बताए । बजार अनुगमन गर्ने सरकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको प्रभागकारी अनुगमन नहँुँदा सधै उद्योगी व्यापारीबाट उपभोक्ताले ठगिनु गरेको उनको भनाइ छ।अध्यक्ष तिमेल्सिनाका अनुसार विभागको प्रदेश र स्थानीय तहसँग राम्रो समन्वय छैन । बजार अनुगमन शुन्य छ।बजार अनुगमन देखाउनका लागि मात्र भइरहको छ।बजार अनुगमनका नाममा कर्मचारीले भत्ता खाने काम मात्र गरेका छन्।उपभोक्ताले अनुभुति हुने गरी बजार अनुगमन भएको छैन।उनी भन्छन् ‘सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएकै कारण उपभोक्ता ठगिएका छन्।अहिले बजारमा चिनीको मूल्य हप्ता दिनमै प्रतिकेजी २ रुपैयाँका दरले बृद्धि भइरहेको छ ।चिनी उद्योगीले प्रतिकेजी २ देखि ३ रुपैयाँ बढाउँदा बजारमा व्यापारीले प्रतिकेजी ८ देखि १० रुपैयाँ सम्ममा बढाउने गरेका छन् । कुनै ठाउँमा पनि मुल्यमा एकरुपता छैन।हरेक पसल पिच्छे फरक फरक मुल्य छ । बजारमा सरकारको उपस्थिती नभएकै कारण व्यापारीले फाइदा दिने गरेका तिमल्सेनाको भनाई छ ‘अहिले व्यापारीले चामलको बोरामा २ सय रुपैयाँ बढी मुल्य बढाएका छन्।हरियो तरकारीमा त्यस्तै मनपरी छ।’उनले भने।
चितवनबाट १५ रुपैयाँमा ल्याएको काउली काठमाडौँमा ६० देखि ७० रुपैयाँ प्रतिकेजीमा विक्री गरेको छ । चिनी देखि चामल, दाल, गेडागुडी सबैमा व्यापारीले मनपरी मुल्य बढाएका छन्।अनुगमन गर्ने सरकारी निकाय अस्वाभाविक रुपमा बृद्धि भएको मूल्यलाई नियन्त्रण लिन छोडेर मुक दर्शक भएर बसेको छ, । सरकारी निकाय नै जिम्मेवार नभइदिँदा उद्योगी व्यापारीबाट उपभोक्ता ठगिनु परेको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले चिनी उद्योगले मनपरी मुल्यमा चिनी बिक्री गरेको बताए । हप्ता दिन अघि ८५ रुपैयाँ पाउने चिनी अहिले बजारमा ९० देखि ९५ रुपैयाँ पुगेको उनको भनाई ।‘चालु आर्थिक वर्षको ६ महिनामा मात्र १०० हजार मेट्रिक टन चिनी आयात भएकोछ। यसैगरी अहिले उखु क्रसिङ्ग भइरहेको छ।एक्कासी चिनी उद्योगीले चिनीको मुल्य बढाउनु पर्ने केही नै छैन ।’ उनी भन्छन् । चिनी उद्योगीले अनावश्यक चिनीमा बृद्धि गरेको मुल्यलाई तत्काल बजार अनुगमन गरी नियन्त्रण गर्नुपर्ने अध्यक्ष महर्जनको भनाइ छ । उनले पछिल्लो समयको राजनीति द्धन्दका कारण उद्योगी व्यापारीले मनपरी दैनिक उपभोग्य वस्तुमा मुल्य बृद्धि गरीरहेको बताए ।
नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राज कुमार श्रेष्ठले चामल, दाल,तेल, चिनी लगायतका खाद्य वस्तुको मुल्य बृद्धि भएको जानकारी दिए । मुल्य बढाउनु पर्ने कुनै कारण नभएपनि ठुला उद्योगी व्यवसायले मनपरी मुल्य बृद्धि गर्ने गरेको उनको भनाइ छ । सरकारले ठुला उद्योगी व्यवसायलाई अनुगमन नगर्ने सधै साना खु्रद्रा व्यापारीलाई मात्र केन्द्रित हुनु हुँदा उपभोक्ता र साना खुद्रा व्यापारी दुवै मर्कामा पर्ने गरेको बताए ।चिनी उत्पादन संघका अध्यक्ष सशी अग्रवालले उखुको मुल्य बृद्धि भएकाले चिनीको पनि मुल्य बढेको बताए । चिनी मिलले प्रतिकेजी २ देखि ३ रुपैयाँ सम्म मात्र बढाएको उनको भनाई छ । चिनी मिलले प्रतिकेजी ३ रुपैयाँ सम्म बढाउदा उपभोक्तालाई खासै ठुलो असर नपर्ने उनको भनाइ छ । उनले चिनी मिलले चिनीको मूल्य बढाए पनि उपभोक्ताले प्रतिकेजी ८५ रुपैयाँ सम्म पाउनु पर्ने बताए । बजारमा मनपरी मूल्य बढ्न नदिइन सरकारले बजार अनुगमनमा जोड दिनुपर्ने उनले बताए।



