रबिन्द्र यादव परासी, ३० जेष्ठ । नेपाल प्रहरी र राजपा नवलपरासीका कार्यकर्ताबिच झडप भएको छ । राजपाका कार्यकर्ताले आज विहान परासीमा बा १४ च ७०६९ नम्बरको स्कार्पियोमा तोडफोड गरेपछि आक्रोसित बनेको प्रहरीले कार्यकर्ताहरुलाई लाठी चार्ज गर्न खोजेको हो । प्रहरी र कार्याकर्ताबिच धकेलाधकेली भएको थियो । तनावग्रस्त बनेको सदरमुकाम परासी अहिले शान्त भएको छ ।

यसैगरि महोत्तरी क्षेत्र नम्बर ५ का नेकपा एमालेका सांसद दिपनारायण साह सवार गाडीमाथि राजपा नेपालका कार्यकर्ताले मंगलबार बिहान महोत्तरीको औरही गाउँपालिका-१ मा ढुंगामुढा गरेका छन् ।

दोस्रो चरणको निर्वाचन बिथोल्न बिरोधमा निस्किएका राजपा कार्यकर्ता बिहानैदेखि बर्दिबास-औरही-जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा सडक बन्द गरिरहेका छन् | बिरोधमा निस्किएका राजपाका कार्यकर्ताले सांसद सवार बा १२ च ९६९ नम्बरको गाडीमाथि ढुङ्गमुढा गरेका हुन् ।

निर्वाचनको विरोध गर्दै आएको राजपाले मंगलवारदेखि असार २ गतेसम्म तराईमधेस बन्दको घोषणा गरेको पहिलो दिन बन्दमा गाडी चलाएको भन्दै राजपाका कार्यकर्ताहरुले सांसद साह सवार गाडीमा ढुङ्गमुढा प्रहार गरेका छन् । ढुंगामुढाले ड्राइभर अगाडीको सिसा फुटेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम शर्माले जानकारी दिनुभयो ।

https://youtu.be/dJkGpfI_jTY

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah