दाङ-पश्चिम रुकुम मुसिकोट नगरपालिका–१३ निवासी गोविन्द रोकाय वैदेशिक रोजगारीका क्रममा ७ वर्ष विदेश बसे । तर सोचेजस्तो कमाइ गर्न सकेनन् । जसले गर्दा चार वर्षअघि स्वदेश फर्किएका रोकाय पुनः विदेश जाने सोच त्यागे र स्वदेशमै केही गर्ने सोच बनाए । आफ्नै देशमा केही गर्ने उद्देश्यले रुकुमबाट दाङ झरेका रोकाय अहिले उखुखेतीमा व्यस्त छन् ।घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा ३ बिघा जमिन भाडामा लिएर तीन वर्ष अघिदेखि व्यावसायिक उखुखेती सुरु गरेका रोकायले राम्रो आम्दानीसमेत गरेका छन् । रोकायले भाडामा लिएको जमिनको वार्षिक प्रतिकठ्ठा तीन हजारका दरले भाडा तिर्ने गरेका छन् । “रोजगारीका लागि दुई पटक गरेर मलेसिया र साउदी गएँ तर त्यहाँ सोचेजस्तो कमाइ भएन,” रोकायले भने, “जसले गर्दा मलाई स्वदेश फर्किएपछि पुनः विदेश जाने रहर जागेन ।

” उनी मलेसियामा चार वर्ष र साउदी अरबमा तीन वर्ष गरी सात वर्ष विदेश बसेका थिए । विदेशको थोरै कमाइ र घरायसी आम्दानीबाट जम्मा भएको पैसा लगानी गरेर व्यावसायिक उखुखेती गरेको उनी बताउँछन् ।करिब १० लाख लगानीबाट सुरु गरेको व्यावसायिक उखुखेतीबाट राम्रो आम्दानी भइरहेको उनले बताए । “बजारको नजिक भएकाले उखुखेतीबाट राम्रो आम्दानी भइरहेको छ, त्यसैले अहिलेसम्म आफ्नो कामबाट सन्तुष्ट छु,” उनले भने, “तर व्यवसाय विस्तारका लागि कतैबाट सहयोग पाउन सकेको छैन ।” हरियाली कृषि फर्म दर्ता गरेर व्यावसायिक उखुखेतीमा लागेका रोकायको दाङमा आफ्नै जमिन छैन । जसले गर्दा उनले कतैबाट अनुदान प्राप्त गर्न नसकेको गुनासो गरे । “उखुको जुस बेचेर ठिकै आम्दानी भइरहेको छ, यसलाई विस्तार गर्न चाहेको छु,” उनले भने । व्यवसाय विस्तारका लागि लगानी आवश्यक छ तर अहिले सानो व्यवसाय भएकाले धेरै आम्दानी हुन नसकेको उनले बताए । उखुबाट जुससँगै खुदो बनाएर उनले बेच्ने गरेका छन् । उनले उखुको जुस प्रतिगिलास ५० रुपैयाँ र खुदो प्रतिकिलो ३ सय रुपैयाँका दरले बिक्री गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah