झापाको दमक नगरपालिकामा मेयर र उपमेयरका उम्मेद्वार फेरी थपिएकाछन् । संघीय लिम्बुवान मञ्च, नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीले मेयर र उपमेयर सहित सबै वडाहरुमा आफ्नो उम्मेद्वारी घोषणा गरेको छ ।
मनोनयनको दूइ दिन अघि दमकमा पत्रकार सम्मेलन गरेर उम्मेद्वारी घोषणा भएको हो ।
दुबै पार्टीले मेयरमा देउकुमार निङ्लेखुर र उपमेयरमा सावित्रा गुरुङ(सबु) लाइ अघि सारेको छ । जनमुक्ति पार्टीका उपाध्यक्ष मोहन धिमाल, सचिब पदम जबेगु,लिुम्बुवानका नेता देउकुमार नेम्बाङ लगायतको उपस्थिति रहेको थियो । आफ्नो तर्फबाट दमक घोषणापत्र सहित उम्मेदवार घोषणा गरिएको थियो ।
प्रचार संयोजक दीलकुमार लावतीका अनुसार ६ र १० वडा बाहेक सबै वडामा उम्मेदवार छानिएकाछन् । जस अनुसार १ नम्बर वडाध्यक्षमा उदिमान तुम्रोक, २ मा रमला धिमाल, ३ मा शेखर चापागाइ, ४ मा जयप्रकाश धिमाल, ५ मा जियसिं थापा मगर, ७ मा गुमानसं सम्बाहाम्फे, ८ मा चन्द्रबहादुर कन्दङ्वा र वडा नं. ९ मा रामसिंह तामाङलाइ अघि सारिएको छ ।



