ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा तीन दर्जन बढी घर जलेका छन्। मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा बिहान ९ बजे सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन।
तर, आगलागी नियन्त्रणउन्मुख रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता, प्रहरी निरीक्षक मोहन पोखरेलले बताए। आगो थप फैलिन नदिन ‘फायर लाइन’ बनाइएको उनले बताए।

स्थानीयले प्रहरीलाई ३५/४० वटा घर जलेको बताएपनि क्षतिको यकिन विवरण भने आइनसकेको इन्स्पेक्टर पोखरेलले बताए। दोभान बजारमा एक सय भन्दा धेरै घर रहेको बताइएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणका लागि पहल गरिरहेका छन्। फुङलिङ नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ। छिमेकी जिल्ला पाँचथरबाट समेत दमकल बोलाइएको प्रहरी निरीक्षक पोखरेलले बताए।

सदरमुकामबाट पुगेको एक्स्काभेटरले आगो थप फैलिन नदिनका लागि दोभान बजारका केही कच्ची घर भत्काएको छ। प्रहरीका अनुसार आगो के कारणले लाग्यो भन्ने खुल्न बाँकी छ।
‘आगलागी अझै पूर्ण रुपमा नियन्त्रणमा आएको छैन। तर, थप फैलिन नदिन फायर लाइन बनाएका छौं’, इन्स्पेक्टर पोखरेलले भने, ‘आगो नियन्त्रणमा नआएकाले क्षतिको यकिन विवरण आइसकेको छैन। स्थानीयवासिन्दाले ३५/४० वटा घर जलेका भन्नुभएको छ।’
-नेपाल लाईभ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah