निरन्तर मेहनत गर्यो भने सफलतामा पुगिन्छ भन्ने उदाहरण यहाँका व्यवसायी विनोद पोखरेलले देखाउनुभएको छ । पूर्वी चितवनको रत्ननगरका पोखरेललाई २६ वर्षको कठोर परिश्रमले आज देशकै अग्रणी पोल्ट्री व्यवसायी बनाएको छ ।
कुखुरापालन व्यवसायमा दानादेखि चल्ला हुँदै अण्डा र मलसम्मको उत्पादन र बजारीकरणमा उहाँको नेतृत्वको दाउन्ने कर्पाेरेट सफल भएको छ । यसअन्तर्गत किसान दाना उद्योग, दाउन्ने भेट फर्मा, दाउन्ने एग्रो, किसान एग्रो, एडभान्स पोल्ट्री रहेका छन् । कर्पाेरेटको कार्यकारी निर्देशक पोखरेल हुनुहुन्छ । विसं २०५१ मा आफ्नै काकासँग मिलेर काठमाडौँमा पोल्ट्री फार्म शुरु गर्नुभएका पोखरेलले त्यसको पाँच वर्षपछि आफूले फार्मसँगै ट्रेडिङको व्यापार शुरु गर्नुभएको थियो । दाउन्ने ट्रेडर्स नामक कम्पनीबाट उहाँले व्यवसाय शुरु गर्नुभयो । त्यसको केही वर्षपछि विसं २०६३ मा चितवनमा उहाँको व्यवसाय विस्तार भयो । साझेदार हुुनुहुन्थ्यो राजकुमार गुरुङ । पोखरेलले सम्झना गर्नुभयो, “शुरुमा बुबाले काकासँगको साझेदारमा केही रकम शेयर राखिदिएको भए पनि त्यसपछिका दिनमा त्यही रकमले व्यवसाय विस्तार हुँदै गएको हो ।” बुबा सुरेन्द्र र काका डा टीका पोखरेलको लगानीको साझेदारी पोल्ट्री फार्मलाई पोखरेल आफ्नो व्यवसायको शुरुआती मान्नुहुन्छ ।
गुरुङसँग साझेदारी हुँदा उहाँहरुले रु ५० लाख लगानी गर्नुभयो । आजसम्म आइपुग्दा उहाँको नेतृत्वको कम्पनीमा लगानी रु दुई अर्ब ६० करोडभन्दा बढी पुगेको छ । उक्त रकममा बैंकको लगानी पनि रहेको छ । ती कम्पनीमा १२० भन्दा बढी साझेदार छन् । यद्यपि पोखरेल परिवारको लगानी आधाभन्दा बढी पुगेको छ । त्यसैले निर्णायक भूमिकामा रहेर पोखरेलले काम गर्ने अवसर पाउनुभएको छ । विगतलाई सम्झँदै उहाँ भन्नुहुन्छ, “चितवनमा दाउन्ने ट्रेडर्स शुरु हुँदा तीन दिनमा एक बण्डल क्रेट मात्रै बिक्री भएको थियो ।” उहाँहरुको कम्पनीले दाना र चल्ला किसानलाई दिने र किसानबाट अण्डा उठाउने गर्दथ्यो । यसै दौरानमा काठमाडौँमा अण्डा बिक्री गर्नेलाई पनि पोखरेलले साझेदार बनाउँदै ल्याउनुभयो । झण्डै १० जना साझेदार पुगेपछि आफैँले दाना उद्योग खोल्ने र किसान पनि साझेदार बनाउने उहाँको योजना बन्यो । यसैअन्तर्गत विसं २०६८ मा किसान दाना उद्योग सञ्चालनमा आयो । यससँगै उद्योगले शुरुमा दैनिक आठ टन दाना उत्पादन गर्ने गरेकामा अहिले यस कम्पनीले दैनिक ४० टन मास दाना उत्पादन गर्दछ ।पोखरेलको भनाइमा नेपालको सबैभन्दा ठूलो मास दाना उहाँहरुकै हो । त्यसो त किसान दानासँगै विसं २०७० बाट उहाँहरुकै अगुवाइमा दाउन्ने भेट शुरु भयो जसले कुखुराको औषधि बिक्री व्यवसाय गर्दै आएको छ । यसबाट सस्तो मूल्यमा आफ्ना किसानले औषधि पाएको पोखरेल बताउनुहुन्छ । व्यवसाय विस्तारकै क्रममा पोखरेलको नेतृत्वको समूहले नवलपरासीको दुम्किबासस्थित विनयी त्रिवेणी गाउँपालिकामा ३६ बिघा जग्गा खरिद गरेर अत्याधुनिक प्रविधिको कुखुरा फार्म शुरु गरेको छ । जर्मनी र मलेसियाको उपकरण जडित अत्याधुनिक उक्त फार्ममा हाल दुई लाख कुखुरा रहेका छन् । एक वर्षभित्रमा दुई लाख थप गरी चार लाख कुखुरा पुर्याउने उहाँको लक्ष्य रहेको छ । त्यसो त तीन वर्षभित्र यो सङ्ख्या आठ लाख पुर्याउने पोखरेल बताउनुहुन्छ । त्यतिबेला उहाँहरुको लगानी रु चार अर्ब ५० करोड पुग्नेछ । पोखरेलले भन्नुभयो, “विश्वकै आधुनिक प्रविधिलाई पछ्याएर कम लगानीमा धेरै उत्पादन गर्ने गरी हामी काम गर्दैछौँ ।” त्यहीँ प्राङ्गारिक मल उद्योग पनि उहाँकै कम्पनीले स्थापना गरेको छ । बजारमा मल लैजाने चरणमा कम्पनी पुगेको छ ।पोखरेलका सबै कम्पनीमा १२० हाराहारी साझेदार छन् । उनीहरु सबै कुनै न कुनै हिसाबले कम्पनीसँग व्यवसाय र रोजगारीमा जोडिएका छन् । एक सय ८० जनालाई रोजगारी दिएको कम्पनीको महत्वपूर्ण भूमिकामा काम गर्ने कर्मचारी अधिकांशको धेरथोर शेयर रहेको छ । पोखरेल भन्नुहुन्छ, “काम गर्ने साथीहरुलाई आफूसँग रकम नभए बिना ब्याजमा कम्पनीले नै सापटी दिएर साझेदार बनाएको छु ।” रु पाँच लाखदेखि माथि आफूले सकेसम्म कर्मचारीको शेयर राख्न पाउने व्यवस्था उहाँको कम्पनीमा छ ।पोखरेलले अण्डा उत्पादन गरेसँगै बजारीकरणमा पनि विशेष ध्यान पुर्याउनुभएको छ । उहाँको भनाइमा अब एक वर्ष छ महिनाभित्रमा देशका ३० जिल्लामा आफ्नै बिक्री केन्द्र पुर्याइँदै छ । हालसम्म काठमाडौँ, भक्तपुर, ललितपुर र सुर्खेतमा बिक्री केन्द्र खुलिसकेका छन् । आफैँ उत्पादन गरेर उपभोक्ताको घर नजिकै पसलसम्म अण्डा पुर्याउने लक्ष्य रहेको छ । हाल पोखरेलको कम्पनीमा दैनिक तीन लाख ६८ हजार ५०० अण्डा सङ्कलन हुन्छ । सोमध्ये एक लाख ६८ हजार अण्डा आफ्नै फार्मको हो ।पोखरेलको भनाइमा उहाँले नेतृत्व गरेको कम्पनी किसानको अण्डा सङ्कलन गर्ने र आफ्नै फार्मको उत्पादन गर्ने नेपालको सबैभन्दा ठूलो संस्था हो । त्यसो त मास दानामा पनि उहाँको कम्पनी सबैभन्दा ठूलो हो । आफूलाई चाहिने लेयर्स चल्ला यस कम्पनीको लगानी रहेको ब्राउण्ड वर्ड ह्याचरीबाट ल्याउने गरिन्छ । क्रेट आफ्नै लगानीको चितवन ट्रे को प्रयोग हुन्छ भने औषधि आफ्नै पसल (दाउन्ने भेट) बाट प्रयोग गरिन्छ । त्यसैले उत्पादन लागत कम र मुनाफा बढी हुने गरेको पोखरेल बताउनुहुन्छ । कुखुरा व्यवसायमा सफल पोखरेल पोल्ट्रीसँग सम्बन्धित सबैजसो सङ्घ संस्थामा निर्णायक भूमिकामा रहनुभएको छ ।निरन्तरको सङ्घर्षबाट ४५ वर्षको उमेरमा मिलेको यो सफलता धेरैका लागि पाठ हुनसक्छ । एकअर्काका परिपूरक एउटै प्रकृतिका व्यवसाय भएका कारण पनि उहाँलाई सफलता चुम्न सहज भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah