भोजपुर : षडानन्द नगरपालिका ३, दिङ्ला चिउरीबोटेका समानसिं राईले २२ रोपनीमा रुद्राक्ष लगाएका छन्। केही वर्षअघिसम्म रुद्राक्ष बगानमा दाना, बिरुवाको चोरी बढेपछि उनी हैरान थिए।०७५ असारमा घर वरिपरी सीसीटीभी क्यामेरा जडान गर्ने उपाय रचे। त्यो उपाय उनलाई हाइसञ्चो बन्यो। रातभर जागाराम बसेपनि रुद्राक्ष चोरी बढेपछि रुद्राक्षका बगानमा राखिएका सीसीटीभी क्यामेरा र ५० वाटका ६ वटा बत्तीले चोरीडकैत हुन छाडेको छ। ‘राम्रो मुखादार फलेको रुद्राक्षलाई जति पहरा दिएपनि चोरेर लगिहाल्थे, बिहान उठ्दा बोट रित्तै’ उनले सम्झिए, ‘आजित भएर सिसिटिभी क्यामेरा राख्ने सोचे, त्यसपछि त चोरी हुन छाड्यो, अहिले पहिले जस्तो रातभर बगान कुर्नु परेको छैन।

’ रुद्राक्षले प्रसिद्धि पाएको दिङ्ला क्षेत्रमा पछिल्लो केहि समय रुद्राक्ष खेतीमा चोरी, डैकती जस्ता आपराधिक अनैतिक क्रियाकलाप बढेपछि किसान र व्यापारीले सिसिटिभी क्यामेरा लगाएका छन्। समानसिं जस्तै चिउरीबोटेका २८ घरले रुद्राक्षको निगरानी गर्न सिसिटिभी क्यामेरा जडान गरेका छन्।  मुख्य पेशा नै रुद्राक्ष खेती गर्ने यहाँका किसान ०७२ सालबाटै चिनियाँ व्यापारीले घरघरबाटै मुखादार रुद्राक्ष राम्रो मूल्यमा किन्न थालेपछि दंग थिए। मूल्यदर बढेसँगै रातारात चोरीडैकती बढ्न थालेपछि रुद्राक्षको पकेट क्षेत्र मानिने भोजपुर उत्तरी दिङ्ला क्षेत्रका किसानलाई सास्ती थियो। परिश्रम गरेर जोहो गरेको रुद्राक्षका दाना रातारात चोरी हुन थालेपछि धेरैजसो किसानले त पारिश्रामिक दिएरै हेरालुसमेत राखे।

तर पनि बोटका दाना, नर्सरीका बिरुवा जोगाउन सिसिटिभी क्यामेरा जोड्ने विकल्प रोजे। घरमै बसेर चोरीडकैत र बोटविरुवा उखल्ने, लाछ्ने, ताछ्ने जस्ता अनैतिक गतिविधीको निगरानी सिसिटिभी क्यामेराले गर्ने भएपछि उक्त सिंगो चिउरीबोटे गाउँ नै सुरक्षित बनेको छ।हेरालुलाई पारिश्रामिक दिएर पनि बगानका दाना हराएपछि सीसीटिभी क्यामरा नै उत्तम विकल्प बनेको स्थानीय व्यापारी नरेन्द्र तामाङले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah