उम्मेदवारी मनोनयनको क्रममा झडप हुँदा एमाले कार्यकर्ताको ज्यान गएको छ । बाजुरा जिल्लाको छेडेदह गाउँपालिका–६ मा मनोनयनपत्र दर्ता गर्न गइरहेका हाम्रो पार्टीका नेता–कार्यकर्तामाथि नेपाली कांग्रेसका तर्फबाट आक्रमण गरी ५५ वर्षीय हंस राउतको हत्या गरिएको एमालेले आरोप लगाएको छ । एमालेले बिज्ञप्ति निकालेर घटनाको बिरोध गरेको छ ।

पे्रस विज्ञप्ति

आगामी असार १४ गतेका लागि निर्धारित स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आज हाम्रो पार्टीले तीनवटै प्रदेशका ३३४ वटै तहमा उम्मेदवारी दर्ता गरेको छ । स्थानीय कमिटीहरुको सिफारिश, प्रदेश कमिटीको निर्णय र महानगर तथा उपमहानगरपालिकाका हकमा स्थायी समितिको निर्णयका आधारमा आज स्थानीय कमिटीहरुका तर्फबाट उम्मेदवारहरुले उत्साहपूर्वक उम्मेदवारी दर्ता गर्नुभएको छ । नारा, जुलुश, सांस्कृतिक झाँकी, ब्यानरसहित सबै निर्वाचन केन्द्रहरुमा उम्मेदवारी दर्ता भएको छ ।

आज मनोनयन–पत्र दर्ता गर्ने क्रममा विभिन्न ठाउँमा हाम्रो पार्टीका शान्तिपूर्ण जुलुशमाथि आक्रमण गर्ने घृणित कार्य भएको छ । यसक्रममा बाजुरा जिल्लाको छेडेदह गाउँपालिका–६ मा मनोनयनपत्र दर्ता गर्न गइरहेका हाम्रो पार्टीका नेता–कार्यकर्तामाथि नेपाली कांग्रेसका तर्फबाट आक्रमण गरी ५५ वर्षीय हंस राउतको हत्या गरिएको छ । हाम्रो पार्टी सत्ता–संरक्षित उक्त गुण्डागर्दीको घोर भत्सर्ना गर्दै अपराधीहरुलाई अविलम्ब पक्राउ गरी कानुनी कारवाही गर्न जोडदार माग गर्दछ ।

निर्वाचनलाई हिंसात्मक बनाउने कुत्सित उद्देश्यका साथ अघिल्लो चरणको निर्वाचनमा जस्तै सत्तापक्षबाट भएका ज्यादतीमाथि निगरानी गर्न हाम्रो पार्टी सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छ । साथै, अघिल्लो चरणको निर्वाचनमा सत्तापक्षबाट ज्यादती तथा धाँधली भएको स्वीकार गरी व्यवस्थापिका–संसद्बाट छानबिन गर्नका लागि संसदीय समितिसमेत बनेको अवस्थामा त्यस्तै प्रकारका हर्कतहरु नदोहो¥याउन हाम्रो पार्टी कडा चेतावनी दिन चाहन्छ ।

हाम्रो पार्टीका तर्फबाट दोस्रो चरणको निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुहुने कमरेडहरुको नामावली तल उल्लेख छ ।

योगेश भट्टराई
प्रमुख

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah