बिष्णुप्रसाद पोखरेल
दमक/बिवेकशिल नेपाली दलबाट काठमण्डौ महानगरको मेयरको उम्मेदवार बनेर शानदार भोट ल्याएकी रञ्जु दर्शना यतिखेर एक चर्चित पात्रको रुपमा नेपालमा मात्र नभएर बिश्वमा नै फैलिएकीछन् । २२ बर्षिया दर्शना युवाहरुमाझ एउटा राम्रै सेलेब्रेटीको रुपमा परिचित समेत बनेकीछन् ।
उनि आइतवार झापा आएकीछन् । उनिसंग फोटो खिचाउन युवाहरुदेखि लिएर पत्रकारहरुसम्मले पनि इच्छा गरेको पाईएको छ । यसको मतलव उनि अहिले सबैमा छाएकीछन् ।
उनि एउटा राजनीतिक सेलिब्रेटि भएकीछन् । उनको उचाइ युवा मनष्पटलमा परिवर्तनको संवाहकको रुपमा देखिन थालेको छ ।
सोमबार बिहान दमकमा एउटा कार्यक्रममा उनले काठमण्डौ महानगरमा आफ्नो उम्मेदवारी पछिका अनूभुत मज्जाले सुनाइन् ।
कसैले यसले एकहजार भोट पनि ल्याउदिन भनेको त कसैले यो भन्दा निच भएर कुरा गरेको पनि उनले सुनिछन् । तर उनलाइ राजधानिका सचेत युवा र त्यसका परिवारको साथमा भरोसा रहेछ ।
उनले आफूले ल्याएको मत जित भएको भनिन् । पार्टी दर्ता भएको तीन बर्षमा पनि चुनाव चिन्ह नपाएर स्वतन्त्रको चुनाव चिन्ह लिएर लड्दा यतिबिघ्न मत आउनु जित भएको उनको भनाइ थियो ।
एकसाता अघिमात्र चुनाव चिन्ह पाएर त्यो अवधिमा जनतामाझ गएर यो मत पाउने आफूहरुका लागि जित भएको उनको भनाइ रहेको थियो । स्थापित दलहरुकोसंग प्रतिस्पर्धामा बिवेकशिल आउनु आफूहरुको मुद्धा भएको उनले सुनाइन् ।
उनले मतगणना स्थलमा आफूमाथि धेरै गन्यमान्य भन्नेहरुले घुरेर हेरेको प्रसंग पनि कोट्याइन् । ग्वारग्वारती घुरेर हेर्या तर आफू मुसुक्क हासेर राजनीतिक चरित्र देखाएको उनले सुनाइन् ।
देख्ने बित्तिकै ठूला राजनीतिक दलका उम्मेदवारहरुले नै घुरेर हेरेको उनको भनाइ थियो ।
उनले आफूहरुमाथिको कु दृष्टि र गिद्धे दृष्टिलाइ हासिहासि परास्त गर्ने सामथ्र्य रहेको पनि जनाइन् । उनिहरुले गलत नजरले हेर्दा आफूहरुले हासेर राजनीतिक संस्कार सिक्न प्रेरित गर्ने सिंबोलिक सन्देश दिइन् ।



