स्थानिय तह निर्वाचनको मिति नजिकिदै गर्दा माओावादि केन्द्रले जिल्लामा भित्र अकिांस तहमा उपलब्धि प्राप्त गर्ने उद्धेश्यका साथ आफनो प्रचार प्रसारलाई तिव्रता दिएको छ ।
जिल्लाका सबै तहमा केन्द्रले प्रचार प्रसार अन्र्तगत घर दैलो कार्यक्रम तथा पार्टि कार्यकर्ता भेटघाटलाई पनि निरन्तरता दिएको छ । माओवादि केन्द्रले प्रचण्ड सरकारका बखत देशलाई लोडसेडिंग मुक्त बनाउनुका साथै आर्थिक बुद्धिदर ईतिहासकै उच्च बनाएका जस्ता सकारात्मक पक्षलाई आफना चुनावी एजेण्डा बनाएर प्रचार प्रसार गरीरहेको छ । संविधान सभाको निर्वाचन मार्फत संविधान निर्माण र शान्ति प्रक्रृयार्लाइ टुंगोमा पुयाउन माओवादिले ठुलो योगदान गरेकाले र अब विकासका लागी आफुहरु अघि सरेकाले शुसासन र आर्थिक समृद्धि सहितको विकासका लागी माओवादि केन्द्रलाई जनताले मतदान गर्ने केन्द्रको ठहर छ ।

“हामी उच्च मनोबलका साथ प्रचण्ड सरकारको बखत भएका महत्वपुर्ण काम सहित चुनावी मैदानमा छौ । हामी संग राजनितिक सिद्धान्त छ , विचार छ र विकासको खाँका छ त्यसैले जनता हामीलाई नै मतदान गर्ने कुरामा हामी ढुक्क छौ । ”शिवराज नगरपालिका मेयरका उम्मेदवार डा. प्रकाश पौडेलले बताउनुभयो । उहाले शिवराजमा आफुहरुले अत्यधिक मतले बिजयी हुने उद्घोष गर्नु भयो ।
माओवादि केन्द्रकै तर्फबाट बिजयनगर गाउपालीका अध्यक्षका रुपमा उम्मेदवार दिनेश चापागाईले गरीब भुमिहिन र सुकुम्बासीका समस्यामा माओवादि केन्द्रले नै विशेष पहल गरी हल्लानगर त्रिपालनगर र विरनगर जस्ता स्थानमा बसोबासको ब्यवस्था गरेका कारण पनि माओवादीलाई जनताले हासी हासि मतदान गर्ने बताउनुभयो । हामीले पैसा खर्च गरेर होईन जनताका सेवा गरेर उनिहरुको मन जितेर चुनाव जित्ने हो उहाले भन्नुभयो ।

कृष्णनगर नगरपालिका मेयर पदका उम्मेदवार शिवप्रसाद कलवारले माओवादिले नै मधेसी दलित महिला मुस्लिम लगायतका वर्ग समुदायको अधिकार प्राप्तिका लागी प्रसस्त काम गरेकाले आफुले जनताको अत्यधिक मतले आफु विजयी हुने विश्वास ब्यक्त गर्नु भयो । साथै उहाले माओवादि केन्द्र प्रति मधेसी र मुस्लिम समुदायको अत्यन्तै मोह रहेको जिकिर गर्नु भयो ।
जति जति चुनाव नजिकीदै गएको छ त्यति नै चुनावी तयारी अन्र्तगत घरदैलो कार्यक्रम तथा भेटघाटमा पार्टिका अधिकासं कार्यकर्ता नेता तथा जनवर्गिय संगठनहरु सक्रिय देखिएका छन ।
दर्सन न्यूज बाट



