जङ्गल छेवैको पाखोबारी ! वर्षमा एकपटक आलु, मकै र कोदो उब्जिन्थ्यो । तीन महिना मरिमेटी काम गर्दा वर्षदिन कठिनले खान पुग्ने । लगाएको खेतीको उब्जनीभन्दा खर्च धेरै । सम्पूर्ण परिवारले मरिमेटी गर्दा समेत खेतीपातीले घर खर्च चलाउन कठिन हुँदा किसानमा अर्को व्यवसायतर्फ कुनै सोच पलाएको थिएन ।म्याग्दीको मालिका गाउँपालिका–२ का मोहनबहादुर पुनले जान्ने भएको बेलादेखि नै आफ्नो बारीमा कोदो, मकै र आलुबाहेक केही लगाउनुभएको छैन । पहिले बाउबाजेले लगाउँदा देखेकै आधारमा आफूले जान्ने भएपछि पनि त्यही खेती गर्नुभयो । पछिल्लो समय व्यावसायिक खेतीको प्रचलन बढेपछि पुनले पनि आफ्नो बारीमा लगाउने खेती फेर्नुभएको छ । वर्षभरि खान पुग्ने र घर खर्च चलाउन विक्रीसमेत गर्न मिल्ने गरी उहाँले फलफूल खेती थाल्नुभएको छ ।

बयालिस वर्षीय पुनले मालिकामा रहेको १९ रोपनी पाखोबारी र खेतमा समेत किवीखेती शुरु गर्नुभएको छ । परम्परागत खेती परिवर्तन गरेका पुनले किवीबाट राम्रो आम्दानी हुन थालेपछि निकै हौसिनु भएको छ । विसं २०७४ मा रु ८० हजार लगानी गरेर उहाँले किवीखेती थाल्नुभएको हो । पहिलो वर्ष रु २१ हजार आम्दानी गर्नुभएका पुनले अहिले लाखौँ कमाउन थाल्नुभएको छ । “कोदो, आलु र मकैबाट खान मात्रै मुस्किलले पुग्थ्यो, अहिले सबै खर्च चलाउने पैसा किवीले कमाउँछ” उहाँले भन्नुभयो । पुनले गाउँमा नै पहिलोपटक किवीखेती शुरु गर्नुभएको हो ।अहिले पुनको बारीमा झण्डै २०० किवीका बोट छन् । आम्दानीको राम्रो स्रोत देखेपछि पुनले किवी खेतीलाई नै व्यावसायिक बनाउने सोच बनाएको बताउनुभयो । एउटा किवीको बयस्क बिरुवाले राम्रो उब्जाउ दिँदा २० हजार बढीको दाना फल्छ । किवीको बजार मूल्यसमेत राम्रो रहेकाले उहाँले बर्सेनि लाखौँ आम्दानी हुने गरेको छ । किवीखेतीप्रति गाउँका अरु किसानले समेत उत्साह देखाएको उहाँले सुनाउनुभयो ।

किवीखेतीका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले पुनलाई रु तीन लाख अनुदान दिएको छ । उहाँले गाउँमा किवीसँगै टनेलमा गोलभेंडा खेती गर्ने गरेका छन् । “हामीले हाम्रो माटो सिञ्चिन नजानेकाले आम्दानी नभएको रहेछ” उहाँले भन्नुभयो “खेती प्रणालीमा परिवर्तन गर्दा राम्रो कमाउन सकिँदो रहेछ भन्ने बुझेको छु ।”किवीखेतीका लागि गाउँपालिका र कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोग गरेकाले उहाँलाई सजिलो भएको हो । म्याग्दीको अधिकांश भू–भागमा किवीको खेती राम्रो हुने कृषि विज्ञहरु बताउँछन् । समयमा बिरुवा पाउने र उचित सल्लाह पाउने किसानले यहाँ किवीको व्यावसायिक खेती गर्न सकिने बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah