काठमाडौं, २८ असोज । दसैंको टिका नलगाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बहस र विवादमा तानिएका छन् । उनलाई कम्युनिष्ट र गैरकम्युनिष्ट खेमाबाट आलोचना भइरहेको छ ।

यसैबारेमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालले यसबारे सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन् । उनले कोठाभित्र श्रीमतीलाई खुट्टा ढोगाएर टीका लगाउनेहरुको यस्तो बहस र विवाद निकालेको आरोप लगाएका छन् ।

‘यहाँ दुईथरी दसैंको टिका देखियो, एक ४० वर्षदेखि टिका लगाएनन्,’ उनले लेखेका छन्, ‘अर्को फेसबुकलगायत बहसमा चर्का देखिने र भित्रभित्रै श्रीमतीलाई खुट्टा ढोग्न लगाएर टिका लगाउने ।’ उनले अगाडि लेखेका छन्, ‘मेरो स्पष्ट धारणा के छ भने हामी कम्युनिष्ट अध्यात्मवादी होइनौं र यो ब्रम्हाण्ड देवीदेवताको सृष्टि होइन, हामी भौतिकवादी हौं ।’

उनले टिकाटालाको सवालमा आफूलाई पनि समाजमा चलिआएको चलनचल्ति र संस्कृतिअनुसार रमाउने, आफूभन्दा ठूलाबाट आशिर्वाद थाप्न रमाइलो लाग्ने उल्लेख गरेका छन् । ‘आशिर्वाद र रमाइलोका लागि टिका थाप्नु गलत होइन,’ उनले लेखेका छन्, ‘तर धार्मिक जडताबाट गडेर देवीदेवताको भाकल लगाएर जानु गलत हो ।’

उनले नेकपा एमालेका केही नेताहरुप्रति लक्षित गर्दै भित्र पूजा गर्ने बाहिर भौतिकवादी कम्युनिष्टको गफ हाँक्ने अफिमको व्यवहार देखाएको उल्लेख गरेका छन् । ‘धर्म र टिका भन्ने व्यक्तिको स्वतन्त्रताभित्र पर्ने चिज हुन्,’ उनले भनेका छन्, ‘यो कसैले लादेर लादिने चिज होइन, यसमा कसैले विरोध गर्न पनि जरुरी छैन र यसलाई बहसको विषय बनाउन जरुरी पनि छैन ।’

उनले आफू ३५ वर्ष भएको र अहिलेसम्म बुवा प्रचण्डको हातबाट टिका लगाएको याद नभएको बताएका छन् । ‘म ३५ वर्षको भएँ, वहाँ मेरो बुवा, वहाँको हातबाट टिका लगाएको याद छैन,’ उनले भने, ‘र, मैले पनि कसैलाई लगाइदिएको छैन ।’
उनले आफू कुनै धर्म नमान्ने र कुनै पनि धर्मको अपहेलना पनि नगर्ने बताएका छन् । यसबारे उनको स्पष्टीकरण छ, ‘किनकी हामीले जनयुद्ध लडेको हामी कुनै एक धर्मको दास भन्दा धर्मनिरपेक्ष नेपालको पक्षधरताको लागि थियो, जुन अहिले नेपालमा आइसकेको छ ।’

फेसबुक स्टाटसको बिट मार्दै उनले लेखेका छन्, ‘राज्यको कुनै आफ्नो धर्म हुँदैन, बाँकी हजुरको मर्जी !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah