विराटनगर । विराटनगरमा बुधबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटगनरस्थित नोबेल मेडिकल कलेजको कोभिड उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमितको ज्यान गएको हो ।
निमोनियाको उपचार गराइरहेका मोरङ कटहरी गाउँपालिका २ का ४५ वर्षे पुरुष र झापाको झापा गाउँपालिका १० का ५५ वर्षे पुरुषको उपचारका क्रममा मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

कटहरी २ का पुरुषलाई उपचारका लागि वैशाख १२ गते र झापाका पुरुषलाई वैशाख १३ गते उपचारका लागि अस्पताल भर्ना गरिएको दाहालले बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय