भद्रपुरमा बच्चा चोर्दै गर्दा एक अपरिचित व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार ती व्यक्तिले भद्रपुर नगरपालिका-८ घोडामारा निवासी कमला टुडुको २ वर्षीय छोरा सुमनलाई चोर्न खोजेका थिए। घरछेउको बाटोनजिकै बिहान ८ बजे पानीसँग खेलिरहेका बालक सुमनलाई ती व्यक्तिले बोरामा हाल्न खोज्दा स्थानीयले देखेका थिए।

त्यसपछि बालकका अभिभावक र गाउँले मिलेर ती व्यक्तिलाई नियन्त्रण लिई तत्काल प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरी प्रहरी कार्यालय झापा लगेको बताइएको छ। ‘बच्चा चोर्न खोजेका व्यक्ति अन्दाजी ५० देखि ५५ वर्ष उमेरको हुनुपर्छ,’ डिएसपी थापाले भने, ‘ती व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिन्छ, बोलेको भाषा पनि बुझिँदैन, नेपाली बोल्न पनि जान्दैनन्।‘

उनी भारतीय हुन् वा नेपाली त्यो पनि खुल्न नसकेको प्रहरीको भनाइ छ। ‘पीडित बालकका परिवारले अहिलेसम्म प्रहरीलाई लिखित जाहेरी नदिएकोले कारबाही प्रक्रिया अघि बढाएका छैनौँ, डिएसपी थापाले भने, ‘उजुरी परेपछि कारबाही प्रक्रिया अघि बढाउने छौँ।‘

यता, स्थानीयबासीका अनुसार ती व्यक्तिलाई कसैले पनि नदेखेको र ती व्यक्ति भारतबाट बच्चा चोर्न आएको हुनुपर्ने दाबी गर्दै हदैसम्म कारबाही गर्नुपर्ने माग राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah