झापा l असार १४ मा हुने स्थानीय तह निर्वाचनबाट झापाका १५ स्थानीय तहमा ६८५ जना जनप्रतिनिधि चुनिँदैछन् । गाउँपालिका अध्यक्षमा ४३ जनाको उम्मेदवारी रहेको छ भने उपाध्यक्षमा ४१ जनाको उम्मेदवारी रहेको निर्वाचन आयोगले जनाएको छ । नगरपालिकाअन्तर्गत प्रमुख पदमा ८२ जना र उपप्रमुख पदमा ६३ जनाको उम्मेदवारी रहेको छ । जसमध्ये दमक नगरपालिकामा प्रमुख पदका उम्मेदवार सबैभन्दा बढी १५ जना रहेका छन् ।

गाउँपालिकाअन्तर्गत हल्दिबारीबाट ५ जना अध्यक्ष र ४ जना उपाध्यक्ष, बुद्धशान्तिबाट ८ जना अध्यक्ष र ८ जना उपाध्यक्ष, कचनकवलबाट ५ जना अध्यक्ष तथा ७ जना उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । त्यस्तै, कमल गाउँपालिकाबाट अध्यक्षमा ८ जना र उपाध्यक्षमा ६ जना, गौरीगञ्जबाट ५ जना अध्यक्ष र ६ जना उपाध्यक्ष, झापा गाउँपालिकाबाट अध्यक्षमा ६ जना र उपाध्यक्षमा ५ जना, बाह्रदशी गाउँपालिकाबाट ६ जना अध्यक्ष र ५ जनाको उपाध्यक्षमा उम्मेदवारी रहेको छ ।

नगरपालिका अन्तर्गत भद्रपुरबाट नगर प्रमुखमा १० जना र उपप्रमुखमा ९ जना उम्मेदवार छन् । मेचीनगरबाट प्रमुखमा ९ जना र उपप्रमुखमा ८ जना छन् । बिर्तामोडबाट १३ जना नगर प्रमुखमा र ८ जना उपप्रमुखको प्रतिस्पर्धामा छन् । शिवसताक्षीमा ७ जना नगरप्रमुखमा र ७ जना उपप्रमुखका उम्मेदवार छन् ।

अर्जुनधारामा १० जना नगरप्रमुख र ९ जना उपप्रमुखमा भिड्दैछन् । कनकाई नगरपालिकामा ७ जना प्रमुख र ६ जना उपप्रमुखको उम्मेदवार छन् । गौरादह नगरपालिकामा ११ जना प्रमुख र ७ जना उपप्रमुखका उम्मेदवार छन् । दमक नगरपालिकामा १५ जना प्रमुख र ९ जना उपप्रमुखको दाबेदार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah