काठमाडौं, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ब्रिक्स सम्मेलनमा भाग लिन भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । यसैक्रममा उनलाई स्वागत गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा नै ट्वीट गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको भ्रमणले भारत-नेपाल सम्बन्ध मजबुत बन्ने विश्वास मोदीले ट्वीटमार्फत व्यक्त गरेका छन् ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा न्यानो स्वागत गरदा (गर्दै) । उनको भ्रमणले भारत-नेपाल सम्बन्ध अझ मजबुत बनाउनेछ,’ मोदीले ट्वीटरमा लेखेका छन् ।
यसको जवाफ एक नेपाली प्रयोगकर्ताले मज्जैसँग फर्काएका छन् । तिखे नामक ट्वीटर ह्याण्डलबाट गरिएको कमेन्टमा उनले लेखेका छन्, ‘प्रचण्ड और भारतबीच तो सम्बन्ध प्रगाढ होगा लेकिन नेपाली जनता से नही, नाकाबन्दी करके जो दुख दिया वो कभि नहीं भुलेंगे ।’
(प्रचण्ड र भारतबीच त सम्बन्ध प्रगाढ होला, तर नेपाली जनतासँग हुँदैन । नाकाबन्दी गरेर जुन दु:ख दियौ, त्यो कहिले भुल्ने छैनौँ ।)




