झापामा उत्साह जनक रुपमा स्थानीय तहमा मतदाताहरु सहभागि भएकाछन् । बुधबार अबेर मतदान सकिएको छ । शान्तिपूर्ण रुपमा भएको निर्वाचनमा ७३ प्रतिशतभन्दा बढि मत खसेको पाईएको छ ।
निर्वाचन कार्यालय झापाका अनुसार ७३.०७ प्रतिशत मत खसेको छ । ३ लाख ७२ हजार ८ सय ४० मतदाताहरु स्थानीइ निर्वाचनमा सहभागि भएकाछन् । यो देशभरको सरदर भन्दा
बढि हो ।
मतदाताहरु बिहानै देखि मतदान स्थलमा आएका थिए । ५ बजे अगावै अधिकाँश ठाँउमा मतदान सकिएपनि केहि ठाँउमा भने एकघण्टा ढिला भएको थियो । मतदान स्थलभित्र ५ बजे पसिसकेकाहरुलाइ मतदान गर्न दिईएको थियो ।



