संखुवासभाकाे खाँदबारी नगरपालिकामा एमाले उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । मेयरमा एमाले उम्मेदवार मुरारी खतिवडाले ३८० मत ल्याएका छन् ।
कांग्रेसका उम्मेदवार महेश थपलियाले ३४६ र माओवादी केन्द्रका वीरबहादुर लिम्बुले २६ मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेस अघि
उपमेयरमा भने कांग्रेस उम्मेदवार अघि देखिएकी छिन् । कांग्रेसकी डेगेश्वरीले श्रेष्ठले ३८२, एमालेकी निर्मला बस्नेतले ३५४ र माओवादीकी सुशीला घिमिरले २७ प्राप्त गरेकी छिन् । खाँदबारीमा गएराती साढे ११ बजेबाट मतगणना सुरु भएको थियो ।
१८ हजार एक सय ७९ मतदाता रहेको खाँदबारीमा १२ हजार पाँच सय चार मत खसेको थियो ।



