झापाको दमकमा उपमेयरकमा पनि कडा टक्कर भएको छ । दमकको वडा नं. १ मा प्रारम्भिक रुपमा भइरहेको मतगणनामा एमालेकी उपमेयरकी उम्मेद्वार गिता अधिकारीले अग्रता लिएकीछन् ।
अधिकारीले नेपाली काँग्रेसकी उपमेयर उम्मेदवार रेगिना भट्टराइले कडा टक्कर दिइरहेकीछन् ।३८ मतान्तरले अधिकारीले लिड गरेकीछन् । गिता अधिकारीले ३ सय ८४ र रेगिना भट्टराइ ३ सय ४६ ल्याउनु भएको छ । अहिलेसम्म कूल १३ सय मत गणना भइसकेको छ ।
यसैगरि माओबादी केन्द्रकी उपमेयरकी

उम्मद्वार शान्ति धिमालले १ सय ८३ मत ल्याएकीछन् । राप्रपाका राम थापाले एमालेले टक्कर दिएपनि उपमेयरले भने दिन सकेकी छैनन् ।
मत परिणाम अत्यन्त ढिलो गरि प्राप्त भइरहेको छ । बिहान सबेरैदेखि गणना शुरु भएको हो । अहिले दमकमा ३ स्थानमा मतगणना भइरहेको छ । मत परिणाम आइरहदा भोट क्रस भएको बिषयमा पनि चर्चा भइरहेको छ ।



