मोरङको बिराटनगर महानगरपालिकामा एमालेले अग्रता लिएकोे छ । एमालेको पक्षमा ५७ मत पाएको छ भने कांग्रेसलाई ४६ मत प्राप्त भएको छ ।
विराटनगरको आदर्श स्कुलमा महानगरको मतगणना गर्ने तयारी भइरहेको छ । १ नम्बर वडाको मतगणना भइरहेको छ ।
विराटनगर महानगरमा नेपाली कांग्रेसका तर्फबाट मेयरको उमेदवारमा भीम पराजुली, एमालेका तर्फबाट बिनोद ढकाल तथा समाजबादी फोरम र माओवादी केन्द्र गठबन्द्धनका तर्फबाट मेयरमा उमेशकुमार यादवले उमेदवारी दिएका छन् । 
एमालेले फोरम लोकतान्त्रिकसँग गठबन्द्धन गरेको छ । एमालेले उपमेयरमा फोरम लोकतान्त्रिककी सूची चौधरीलाई उठाएको छ ।
१९ वटा वडा रहेको विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदाता छन् । विराटनगर महानगरमा ११९ मतदान केन्द्र तोकिएको थियो । मोरङमा ७० प्रतिशत मतदान भएको छ ।



