एमालेको पकड मानिएको झापाको गौरादहमा प्रारम्भिक मतगणनामा एमालेले शानदार रुपमा मत परिणाम ल्याएपनि पछिल्लो समयमा नेपाली काँग्रेसले अग्रता लिएको छ । नेपाली काँग्रेसका मेयरका उम्मेदवार रोहित शाहले एमालेको मेयरका उम्मेद्वार मदन अधिकारीलाइ मज्जाले पछि पारेकाछन् ।
यो एमालेको पकड मानिएको वाडको रुपमा लिइएको थियो । पछिल्लो मत परिणामले एमालेका कार्यकर्ताहरुमा तनाव सिर्जना भएको छ । यद्यपि यो प्रारम्भिक मत परिणाम भएकाले अहिले नै आकलन गर्न नसकिने बताइदै आएको छ । वडाध्यक्षमा नगेन्द्र भण्डारी भने जितमा नजिक रहेकाछन् । उनी दूइसयमत भन्दा बढिले अघि छन् । अब यस वडाको मत गणना अन्तिम चरणमा पुगेको र केहि घण्टामा सकिने बताईएको छ ।

अहिले सम्मको ताजा अपडेट-
नेका- १५५२
एमाले- १३७८



