अहिलेसम्म १६ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा एमालेले अग्रता लिएको छ । एमालेले ९ स्थानीय तहमा जित हात पारेको छ भने कांग्रेसले ५ स्थानीय तहमा जित निकालेको छ । त्यस्तै माओवादी केन्द्रले २ स्थानीय तहमा जित निकालेको छ ।
नेकपा एमाले
१. मष्टा गाउँपालिका बझाङ
नेकपा एमालेले पनि जीतको खाता ७ नम्बर प्रदेशको बझाङ जिल्लाबाट खोल्यो । बझाङको मष्टा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जीत हासिल गर्दै एमालेले खाता खोलेको हो ।
मष्टाको अध्यक्षमा एमालेका कर्णबहादुर कठायत २१४२ र उपाध्यक्षमा एमालेकै भगवतीकुमारी बोहरा २१८० मत ल्याएर विजयी भएका हुन् ।
अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर बोहराले १९१७ र उपाध्यक्षमा कांग्रेसकै देवीकुमारी सेटीले १९३० मत प्राप्त गरेका छन् ।
२. पाण्डवगुफा गाँउपालिका बाजुरा
बाजुराको पाण्डवगुफा गाँउपालिकाको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् ।
एमालेका कालीबहादुर शाही १४५१ मतका साथ पाण्डवगुफाको अध्यक्षमा विजयी भएका हुन् । उपाध्यक्षमा पनि एमालेकै ऐना गिरी १४९० मत ल्याएर विजयी भएकी छन् ।
अध्यक्षका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्वार सुन्दर बिष्टले ९८९ मत ल्याए भने उपाध्यका प्रतिद्वन्द्वी कांग्रेसकै तारा रोकायाले ९८७ मत ल्याइन् ।
३. गौमुल गाउँपालिका बाजुरा
बाजुराकै गौमुल गाउँपालिकामा पनि एमाले उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार हरि रोकाय २ हजार २ सय ४० मत ल्याएर गौमुलको अध्यक्षमा विजयी भएका हुन् ।
४. अमरगढी नगरपालिका डडेल्धुरा
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकाम रहेको अमगरगढी नगरपालिकाको मेयरमा नेकपा एमालेका विपिन ओझा विजयी भएका छन् । उनले ३ हजार ७ सय ६८ मत प्राप्त गरे ।
अमरगढीको उपमेयरमा पनि नकेपा एमालेकै संगिता भण्डारी विजयी भएकी छन् ।
५. जन्तेढुंगा गाउँपालिका खोटाङ
खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । २ हजार १ सय ५३ मत सहित एमालेका शंकर राई विजयी बनेका हुन् ।
उपाध्यक्षमा पनि एमालेकै विमला राई २ हजार ८६ मत सहित विजयी भएकी छन् ।
सो गाउँपालिकामा नेपाली कांग्रेसका खेमबहादुर खड्काले १ हजार ५ सय ६२ मत र माओवादी केन्द्रकी अरुणा राईले १ हजार १ सय ४७ मत प्राप्त गरिन् ।
६. पञ्चेश्वर गाउँपालिका बैतडी
बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरख चन्द विजयी भएका छन् । उनले २ हजार ६ सय ८ मत प्राप्त गरे ।
७. रामप्रसाद राई गाउँपालिका भोजपुर
भोजपुरको रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवरा बिजय राई विजयी भएका छन् । उनले २ हजार ३ सय ५६ मत ल्याए ।
८. थालारागाँउपालिका, बझाङ
नेकपा एमालेका तर्फबाट गाउँपालिकाका उम्मेदवार रहेका भूवनेश्वर उपाध्यायले जित हात पारेका छन् । उनले २ हजार ७ सय ७८ मत पाएका छन् ।
९. मौवाखोला गाउँपालिका
ताप्लेजुङको मौवाखोला गाउँपालिकामा एमाले प्रमुखमा जित हातपारेको छ । एमालेका तर्फबाट गाउँपालिका राजनकुमार थक्लुङ्गले १ हजार ८ सय १५ मत ल्याउँदै जित निकालेका हुन् ।
मतगणनाको पलपलको अपडेट हेर्न यहाँ क्लिक गर्नुस्
नेपाली कांग्रेस
१.कांडा गाउँपालिका बझाङ
नेपाली कांग्रेसले स्थानीय तह प्रमुखमा बझाङबाट जीतको खाता खोल्यो । नेपाली कांग्रेसले बझाङको काँडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गर्दै जीतको खाता खोलेको हो ।
कांडा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसबाट अध्यक्षका उम्मेदवार राजेन्द्र बोहरा र उपाध्यक्षका उम्मेदवार कल्पना बोहरा विजयी भएका हुन् ।
अध्यक्षमा विजयी कांग्रेसका उम्मेदवारले ३ सय ९४ मत प्राप्त गरे भने एमाले उम्मेदवारले २ सय ३६ मत ल्याए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले ३ सय ९४ मत ल्याएर विजयी भए भने एमालेका उम्मेदवार ३ सय २६ मत ल्याए ।
२. छेडेदह गाउँपालिका बाजुरा
बाजुराको छेडेदह गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नरबहादुर रावल ३७०५ मत ल्याएर विजयी भएका छन् ।
३. बडिमालिका नगरपालिका बाजुरा
बाजुराकै बडिमालिका नगरपालिकाको मेयरमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पदम बडुवाल विजयी भएका हुन् । उलने २ हजार ९ सय ४५ मत प्राप्त गरे ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गगनबहादुर रावलले २ हजार ९ सय २ मत प्राप्त गरे ।
४. चिचिला गाउँपालिका संखुवासभा
संखुवासभाको चिचिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन् । चिचिलाको अध्यक्षमा कांग्रेसका पासाङ नर्वु शेर्पा निर्वाचित भएका छन् भने उपाध्यक्षमा पनि कांग्रेसकै यदुकुमारी राई विजयी भएकी छन् ।
५. सिलीचोङ गाउँपालिका संखुवासभा
संखुवासभाकै सिलीचोङ गाउँपालिकामा नेपाली कांग्रेसका रामबहादुर कुलुङ विजयी भएका छन् । उलने १ हजार ८ सय ८१ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले १ नम्बर प्रदेशका सोलुखुम्बु जिल्लाबाट स्थानीय तह प्रमुखमा जीतको खाता खोलेको छ ।
१. लिखुपिके गाउँपालिका
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार डम्बर बहादुर बस्नेत ११३६ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उपाध्यक्षमा पनि माओवादीकै प्रमिला बस्नेत १०४२ मत ल्याएर विजयी भएकी छन् ।
अध्यक्षका निकटम प्रतिद्वन्दीमा नेपाली कांग्रेसका रामबहादुर बस्नेतले ७६० र उपाध्यक्षमा कांग्रेसकै मिना कार्कीले ८२८ मत प्राप्त गरेका छन् ।
२. माहाकुलुङ गाउँपालिका
प्रदेश नम्बर एकको सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा माओवादी केन्द्रले जीत हात पारेको छ । १ हजार ४ सय २ मत ल्याएका सागर किरातीले जित निकाले हुन् ।



