झापाको गौरादहमा नेकपा एमालेले पहिलो खाता खोल्दै नगेन्द्र भण्डारी वडा नंं १ मा वडाध्यक्ष निर्वाचित भएकाछन् । उनि नेकपा एमालेका क्षेत्रिय सचिब तथा स्थानीय ब्यवसायि हुन् ।
वडाध्यक्ष भण्डारीले नेपाली काँग्रेसका उम्मेद्वालाइ पछि पार्दै बिजय हासिल गरेको बताईएको छ । केहि समय अघि प्राप्त मत परिणाम अनुसार भण्डारी बिजय भएका हुन् र अहिले उनलाइ बधाइ दिइरहेकाछन् ।
भण्डारीले आफूलाइ वडाबासीले दिएको साथ र समर्थनलाइ कहिल्यै पनि नदिने बताएकाछन् । उनले वडाको बिकास र सम्बृद्धिमा लागि पर्ने बताउदै घोषणापत्रमा उल्लेख भएका प्रतिबद्धताहरु पुरा गर्ने जनाए ।
यसैगरि वडा नं. २ मा वडाध्यक्षमा त्यहाँ सामाजिक कार्यमा सक्रिय राजनीतिक ब्याक्तित्व हेमन्त कार्कीले बिजय हासिल गरेकाछन् । नेपाली काँग्रेसबाट उनले बिजय हासिल गरेका हुन् । उनी ब्यवसायिक र सहकारी क्षेत्रमा पनि सक्रिय ब्याक्ति हुन् ।
कार्कीले वडाबासीले गरेको बिश्वासलाइ आफूलाइ धोका नदिने बताए । वडाको हितमा सधै लागि पर्ने उनले जनाएकाछन् । यस वडालाइ बिकास र आफूले गरेका प्रतिबद्धता पुरा गरेरै छाड्ने उनको भनाइ छ ।



