झापामा महत्वका साथ हेरिएको कमल गाँउपालिकाको वडा नं. १ मा नेपाली काँग्रेसले वडाध्यक्षमा बिजय हासिल गरेको छ । वडा नं. १ को वडाध्यक्षमा काँग्रेसका केदार कट्वाल वडाध्यक्षमा बिजयी भएकाहुन् । 
कट्वाल बिजयी घोषणा भएपछि मतगणनास्थलमा नै अहिले खुसि साटासाट गर्ने काम भइरहेको बताईएको छ । कट्वालको बिजयलाइ काँग्रेसले आफ्नो शानदार बिजयीको शुरुवातको रुपमा लिएको जनाएको छ ।
कमल गाँउपालिकामा १ नम्बरको मतगणना सकिएपनि २ र ३ को जारी रहेको छ । अहिले यि वडाहरुम मत गणना भइरहेको छ । नेकपा एमालेले प्रमुख र उपप्रमुखमा नै लिड गरिरहेको पाईएको छ । कट्वाल कमल नगर जेसिससग आवद्ध रहेका युवा हुन् ।



