झापाको शिवसताक्षी नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । बिहान ३ बजे सार्वजनिक गरिएको परिणामअनुसार वडाध्यक्षमा सुबास राई ७४९ मतसहित विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ६७६ मत पाएका छन् ।
यसैगरी, महिला वडासदस्यमा दिलकुमारी बस्नेत ९१६, दलित महिला वडा सदस्यमा पवित्रा विक ९२०, खुल्ला वडा सदस्यमा नारायणप्रसाद रिजाल ८८६ र मानबहादुर श्रेष्ठले ८३२ मत प्राप्त गरी विजयी भए ।




