कमल गाँउपालिकामा नेपाली काँग्रेसका प्रमुखका उम्मेद्वार हुकुमसिंह राइलाइ झट्का दिएकाछन् । एमलेकी प्रमुख उम्मेद्वार मेनुका काफ्लेलाइ झिनो मतान्तरले पछि पार्दै राई झड्का दिएकाहुन् ।
वडा नंं ४ र ५ को गणना भइरहेको छ । राइको पकड मानिएको वडा नं. ५ मा आएपछि काँग्रेस उकालो लागेको हो । काँग्रेसले यो वाडमा राम्रै मतले लिड गर्ने आकलन गरेको छ ।
६ र ७ मा आएपछि बिगतमा एमालेको पकड मानिएको वाड हो । यस वाड एमाले उम्मेदवार काफ्लेका लागि निर्णायक बन्ने छ । यदि राइले यहाँको मत काटेको एमाले संकटमा फस्ने छ र काँग्रेसले जित हासिल गर्नेछ ।
एमालेले आफ्नो मत सुरक्षित गरेको पाईएको अवस्थामा एमाले बलियो देखिने छ । जे होस प्रतिस्पर्धा रोचक र मतान्तर कम हुने निश्चित छ ।



