पर्सामा किसानले लगाएका धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । गवारो कीराको प्रकोपले धानको गुभो मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

प्रकोप देखिएपछि यस वर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ। पर्सामा ९० प्रतिशत किसान व्यावसायिकरुपमा धानबालीखेती गर्दै आएका छन् । यस वर्ष सुरुमै ४० देखि ७० दिनसम्मको धानबालीमा सो रोगले व्यापक क्षति गरेकालेकम कम धान उत्पादन हुने कृषि विज्ञको भनाइ छ ।

अन्य वर्षभन्दा यस वर्ष मनसुन चाँडै सक्रिय भई अत्यधिक पानी परेकाले किसानले सुरुमा गोडमेल गरेको धानमा आवश्यकताभन्दा बढी युरिया मल प्रयोग गरेकाले सो रोग देखा परेको कृषि ज्ञान केन्द्र पर्साका बागवानी अधिकृत श्याम किशोरप्रसाद कुर्मीले बताउनुभयो । सुरुमा पर्साको उत्तरी भेगमा देखापरेको यो रोग विस्तारै दक्षिणी भेगसम्म सर्दै गएको छ । पर्सा जिल्लाको अधिकांश ठाउँमा यो रोग देखा परे पनि कति क्षति भयो भन्ने यकीन हुन सकेको छैन ।

धानमा रोग देखापरेपछि किसान आफैँले रोगको निदान गर्दै आएका छन् । पर्साका किसानले बढीमात्रामा सोना मन्सुली धानखेती गर्ने भएकाले यो धानबालीमा बढीमात्रामा गवारो र पातबेरुवा रोग लाग्ने गरेको बाली संरक्षण अधिकृत समसुल हक मियाँले बताए । गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो ।

धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी वर्षेनी ठूलो क्षति पु¥याउने गरेको किसानको गुनासो छ । कीराको प्रकोप तीव्ररुपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेका किसानको भनाइ छ । अधिकृत हकका अनुसार कीराको सङ्क्रमणले अहिले धानको बोट नै मर्दै गएका छन् । यसरी बोट नै मरेमा उत्पादनमा कमी आउन सक्ने सम्भावना बढी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah