झापाको कमल गाँउपालिकामा एमालेको पकड भनेर ब्याख्या गरिन्थ्यो । अहिलेसम्म हेर्दा त्यहि पनि देखिन्थ्यो तर नेपाली काँग्रेसका युवा नेता हुकुमसिं राइले यसलाइ तोडि दिएकाछन् ।
काँग्रेसबाट अध्यक्ष उम्मेद्वार बनेका राइले एमाले अध्यक्ष उम्मेद्वार मेनुका काफ्ले हायलकायल बनाउने गरि मत ल्याए ।
अन्तिम मतगणना आउदा बराबरी अवस्था आयो र गोलप्रथाबाट अध्यक्षमा काफ्ले बिजयी भइन् ।
राइलाइ यहाँका मतदाताहरुले जनादेश राम्रो दिएकाछन् । जितेर पनि हारेका गाँउप्रमुख बन्न पुगेकाछन् राई ।
यसले के सन्देश दिन्छ भने अब राइको साथ र सहयोग बेगर कमल गाँउपालिकाकाको बिकास असम्भव हुनेछ ।
जनताको अभिमत राइलाइ पनि रहेको छ । अब उनि अघोषित गाँउपालिका प्रमुख हुन् र त्यो मान्यता दिइनु पर्छ ।
उनले आफू पुन मतगणना भएपनि तयार र गोलाप्रथा गरे पनि तयार भनेर उनले अन्तिम समयमा पनि नेता तथा नेतृत्वमा हुनु पर्ने गुण देखाए ।
यो पनि प्रशंनीय रहेको छ । यो कसैले पनि भूल्नु हुदैन की कमल गाँउपालिका सञ्चालनमा काँग्रेस तथा काँग्रेसका उम्मेद्वारलाइ पाखा लगाएर सम्भव छैन ।
काँग्रेसका युवा नेता राइ कमल गाँउपालिकामा लोकप्रीय रहेकाछन् भने उनको जनमतबाट पुष्टाइ भएको छ ।



